नेपाली श्रमिकलाई समस्यामा पार्ने ६७ विदेशी कम्पनी कालोसूचीमा [नामावालीसहित] « Khabarhub

नेपाली श्रमिकलाई समस्यामा पार्ने ६७ विदेशी कम्पनी कालोसूचीमा [नामावालीसहित]


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली श्रमिक आपूर्ति गर्दै आएका ६७ रोजगारदाता कम्पनीलाई वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेको छ। रोजगारीमा गएका श्रमिकलाई सम्झौता भएअनुसार सेवासुविधा नदिने र कामदारलाई समस्यामा पार्ने कम्पनीलाई कालोसूचीमा राखिएको विभागले जानकारी दिएको छ।

मलेसिया, साउदी अरब, कतार र युएईका रोजगारदाता कम्पनी कालोसूचीमा परेका हुन्। मलेसियाका ५२, युएईका ६, साउदीका ५ र कतारका ४ गरी ६७ रोजगारदाता कम्पनी कालोसूचीमा राखिएको विभागका महानिर्देशक दीलिपकुमार चापागाँईंले बताए। सबैभन्दा बढी मलेसियाका रोजगारदाता कम्पनी कालोसूचीमा परेका छन्।

‘रोजगारीका क्रममा समस्यामा परेका पीडितले विभागमा गरेको उजुरीका आधारमा रोजगारदाता देशका ती कम्पनीलाई कालोसूचीमा राखिएको हो,’ महानिर्देशक चापागाँईंले भने, ‘कालोसूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली श्रमिकलाई श्रम स्वीकृति बन्द गरिएको छ।’

कालोसूचीमा परेका कम्पनीमा जाने कामदारको भिसा प्रमाणीकरण नगर्ने सम्बन्धित देशका कूटनीतिक नियोगलाई जानकारीसमेत गराइसकेको महानिर्देशक चापागाँईंले बताए। ‘कालोसूचीमा परेका रोजगारदाता कम्पनीमा श्रम स्वीकृति जारी नहुने प्रक्रिया तय भएको छ। यो जानकारी सम्बन्धित पक्षलाई गरिसकिएको छ,’ उनले भने।

विभागले कालोसूचीमा राखेका कम्पनीमा म्यानपावर कम्पनीले कामदार पठाएको पाइएमा त्यस्ता कम्पनीलाई कारबाही गरिने समेत उनले बताए।

अनलाइन प्रणाली लागू नहुँदा केही रोजगार व्यवसायी कम्पनीले झुक्याएर कालोसूचीमा परेका रोजगारदाता कम्पनीमा श्रमिक पठाउने गरेको भएपनि अनलाइन प्रणाली लागू भएपछि त्यो सम्भावना नरहेको उनको दाबी छ।

कालोसूचीमा राखिएका कम्पनीलाई सफ्टवेयरले सपोर्ट नगर्ने भएकाले व्यवसायीले छलछाम गर्न नसक्ने उनले जानकारी दिए।
सरकारले रोजगारदाता देशका फर्निचर कम्पनी, निर्माण कम्पनी, सप्लाईलगायतका कम्पनीलाई कालोसूचीमा राखेको हो।

रोजगारीका लागि विदेश पुगेका कामदारलाई रोजगारदाता कम्पनीले नै समस्यामा पार्ने गरेका उजुरी विभागमा दर्ता छन्। कामदार आपूर्ति गराउने समयमा एक किसिमको सम्झौता गर्ने र काम थालेपछि अर्कै काम तथा सेवासुविधा दिने गरेको उजुरीकर्ताको दाबी छ।

नेपालमा सम्झौता भएअनुसार काम र सेवा–सुविधा नपाएपछि रोजगारीमा गएका नेपाली युवा भागेर काम गर्न बाध्य हुने नेपाली पनि धेरै छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा मलेसिया र साउदी पुगेका युवा समस्यामा पर्ने क्रम बढ्दै गएको छ।

गत वर्ष मात्र २ हजारभन्दा बढी नेपाली कामदार समस्यामा परेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। बोर्डले मासिक ५० जनाभन्दा बढी कामदारलाई विदेशका विभिन्न स्थानबाट उद्धार गर्ने गरेको बताएको छ। बोर्डबाहेक अन्य संघसंस्थाले पनि उद्धारमा सहयोग गर्दै आएका छन्।

यी हुन् कालोसूचीमा परेका विदेशका कम्पनी

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ०४ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र