म्यान्चेस्टर युनाइटेड लिगको शीर्ष चौथो स्थानमा उक्लिायो « Khabarhub

म्यान्चेस्टर युनाइटेड लिगको शीर्ष चौथो स्थानमा उक्लिायो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा फुलहाममाथि ३—० गोल अन्तरले जित निकालेको म्यानचेस्टर युनाइटेड लिगको शीर्ष चौथो स्थानमा उक्लिएको छ । पाउल पोग्वा र एन्थोनि मार्सेलले गोल गर्दै टिमका लागि लगातार १० औं जित दिलाएका हुन् ।

पूर्व प्रशिक्षक जोसे माउरिन्होले क्लब छाडेपछि केयर टेकर प्रशिक्षकका रुपमा क्लबमा भित्रिएका प्रशिक्षक ओले गनर सोल्सायरले क्लब सम्हालेपछिको यो जित युनाइटेडका लागि ११ खेलमध्ये १० औं जित हो ।

शीर्ष स्थानमा लिभरपुलको पुनरागमन हुँदा म्यानचेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको हो ।

सोल्सायरले क्लब सम्हालेपछि ११ औं सफलता दिलाउन पाउल पोग्वाले दुई गोल गरे । उनले खेलको १४ औं तथा ६५ औं मिनेटमा गोल गरेका थिए । खेलको २३ औं मिनेटमा मार्सेलले गोल गर्दै टिमलाई पहिलो हाफमा २—० गोलले अघि रहेको युनाइटेडका खेलाडीलाई फुलहामका खेलाडीले फाउल गरेपछि ६५ औं मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो ।

युनाइटेडले पाएको पेनाल्टी प्रहार गरेका पोग्वाले बललाई जाली चुमाउँदा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।
त्यस्तै, शनिबारै भएको प्रिमियर लिगको अर्को खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई ३—० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलका लागि सदियो माने, जर्जीगिनिओ विज्नाल्डीयम र मोहमद सलाहले गोल गर्दैै टिमलाई शीर्ष स्थानमा पुर्याए ।

बर्नमाउथविरुद्ध पहिलो हाफमा ३—० गोलले अघिरहेको लिभरपुलका लागि खेलाडीहरुले दोस्रो हाफमा भने गोल गर्न सकेनन् ।

पहिलो हाफको २४ औं मिनेटमा मानेले ३४ औं मिनेटमा विज्नाल्डीयम तथा ४८ औं मिनेटमा स्टार खेलाडी मोहमद सलाहले गोल गरे ।

लिभरपुलले शनिबार राति बर्नमाउथविरुद्ध जित निकाल्दै लिगमा ६५ अंकसहित दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुरी बढाएको छ । टोटनह्याम ५७ अंकसहित तेस्रो स्थानमा रहँदा ५१ अंकसहित युनाइटेड चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : ०८ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि