लागुऔषधसहित दुई युवक पक्राउ « Khabarhub

लागुऔषधसहित दुई युवक पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको प्रहरीले जनाएको छ ।

लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सिरहा विष्णुपुर–५ बाट करीब रु ५० हजार मूल्य बराबरको अवैधरूपमा ल्याइएको समान बरामद गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ३१ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ