‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’ « Khabarhub

‘खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने’


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको गरिमा र प्रतिष्ठानसँगै देशको गरिमा र प्रतिष्ठा जोगाउन गाह्रो हुने बताए ।

खेल क्षेत्रमा अहिले जुन ऐतिहासिक विरासत हासिल भएको छ त्यसलाई जोगाउनका लागि पनि खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । खेल सङ्घमा विवाद र समस्या रहेकाले ती विकृतिलाई नष्ट गरेर खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन कार्य प्रारम्भ गरेको बताए ।

विवादमा रहेका सङ्घलाई राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने नीति मन्त्रालयले लिएको बताउँदै उहाँले सङ्घमा भएका विवाद समाधान गरेर खेल क्षेत्रको विकास गरिने बताए ।

भरतपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका विषयमा सरकारले सकारात्मक रुपमा हेरिरहेको बताउँदै उनले भने, “सरकारी, निजी र गैरसरकारी क्षेत्रमा भएका स्रोत साधनको परिचालन गरेर संरचना निर्माण गर्ने कुरालाई सकारात्मक ढङ्गबाट लिनुपर्छ ।”

धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि गरेको घोषणा खेलका संरचना निर्माण गर्ने दिशातर्फ एउटा सकारात्मक कदम भएको उनको भनाइ छ । सबै स्थानीय तहमा एउटा÷एउटा खेल ग्राम निर्माण गर्ने कार्ययोजनाका साथ स्थानीय खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको मन्त्री विश्वकर्माले जानकारी दिए  ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १ : ३५ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या