रुद्रध्वज गणका तीन सैनिकले बचाए वृद्धालाई « Khabarhub

रुद्रध्वज गणका तीन सैनिकले बचाए वृद्धालाई


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ ।

सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि दीपायलस्थित शैलेश्वरी अस्पताल भर्ना गरिएको थियो ।

शरीरमा रगतको मात्रा कमी भएर ज्यान जोगाउन कठीन भएकाले उहाँलाई रुद्रध्वज गणमा कार्यरत अमल्दार सन्दीप दरै, प्युठ गणेश थोकर तथा सिपाही खिमलाल भण्डारीले एक–एक पिन्ट ‘ए’ पोेटिभ रगतदान गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए ।

रगत दिइएपछि वृद्धाको स्वास्थ्यमा निकै सुधार आएको शैलेश्वरी अस्पतालले जनाएको छ । नेपाली सेनाले आफ्ना सैनिकको ब्लडग्रुप पहिले नै छुट्याएर राख्ने गरेको र चाहिएका बेला जोसुकैलाई पनि रगत दान गर्ने गरेका कारण रगत आवश्यक परे सेनाको ब्यारेकमा बिरामीका मानिस धाउने गरेको स्थानीयवासी तुलसी शाहीले बताए । उनले भने, “सेनाले भनेको समयमा रगत दिने भएकाले यहाँका बासिन्दा रगतका लागि अन्य ठाउँ जानुभन्दा पहिले ब्यारेक नै धाउने गर्छन् ।”

 

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : १५ बजे

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ