सरकार नछोड्ने उपेन्द्रको योजना, सडक आन्दोलनमा जानुपर्ने बाबुरामको मत « Khabarhub

सरकार नछोड्ने उपेन्द्रको योजना, सडक आन्दोलनमा जानुपर्ने बाबुरामको मत


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित कान्तिपुर दैनिकले पहिलो पृष्ठमा समाजवादीमा दुई धार शीर्षकको समाचार प्रकाशन भएको छ ।

समाचारमा जनाइए अनुसार केही समय अघिमात्र संघीय समाजवादी फोरम र नयाँ शक्ति एकता भएर बनेको समाजवादी पार्टीमा दुई धार देखा परेको छ ।

सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने वा बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखिएको हो । सार्वजनिक रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् ।

अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दलाई स्थापित गराउन सडक आन्दालनमै जानुपर्ने पक्षमा छन् ।

त्यस्तै स्याटेलाइट खरिद सम्झौता विवादित कम्पनीसँग गर्ने तयारी शीर्षकको अर्को समाचार कान्तिपुरमा मुख्यसमाचारका रुपमा प्रकाशन भएको छ ।

समाचारमा जनाइए अनुसार भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । तीन महिनाअघि समझदारी पत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग केपी ओलीको फ्रान्स भ्रमणका क्रममा सम्झौताको तयारी गरिएको छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद रहेको समाचारमा जनाइएको छ ।

त्यस्तै आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ३१ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन