नेपाल भारत जोड्ने सडक– एकातिर बन्दै, अर्कातिर भत्किँदै « Khabarhub

नेपाल भारत जोड्ने सडक– एकातिर बन्दै, अर्कातिर भत्किँदै


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

आज प्रकाशित अन्नपूर्ण पोस्टले एकातिर बन्दै, अर्कोतिर भत्किँदै शीर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार जनकपुर जलेश्वर भिठ्ठामोड सडक बन्दै गर्दा भत्किँदै गएको हो ।

त्यस्तै मधेसमा अत्याधिक गर्मी बढेको समाचार पनि पहिलो पृष्ठमा प्रकाशन भएको छ । त्यस्तै सरकारी जग्गा एनजीओलाई शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

एकातिर बन्दै, अर्कातिर भत्किँदै शीर्षकको समाचारमा भनिएको छ– निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ।

संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ। सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ।’

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन्, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो। तर, त्यसो गरिएन। यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ।’

सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

जनकपुरधाम–जलेश्वर–भिठ्ठामोड सकड निर्माणका लागि ९३ करोडमा दुई ठेकेदार कम्पनीले दुई प्याकेजमा ठेक्का लिएका छन्। प्रतिभा वाई पी जेभी ललितपुर र आशिष पप्पु–रोशन जेभी जनकपुरले ठेक्का लिएका हुन्।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ४३ बजे

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म