२०० करोड खर्च गरेर विवाह– २ सय हेलिकप्टर र सय जना पण्डित बुक, ४०० प्रकारको खाना ! « Khabarhub

२०० करोड खर्च गरेर विवाह– २ सय हेलिकप्टर र सय जना पण्डित बुक, ४०० प्रकारको खाना !


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भारतको उत्तराखण्डमा एक यस्तो राजकीय विवाह हुनेभएको छ जसबारे थाहा पाउनुभयो भने तपाई आश्चर्यमा पर्नुहुन्छ ।

यो विवाहका लागि २ सय हेलिकोप्टर र १०० जना पण्डित बुक गरिएको छ । विवाहको लागि बनाइएको निमन्त्रणा कार्डपनि अनौठो खालको छ । यसमा विवाहको जानकारी भएको छ पाना छ । जुन चाँदीले बनेको छ । यतिमात्र होइन विवाहमा बलिउडका हस्तीहरुपनि हुनेछन् ।

यति थाहा पाइसकेपछि तपाईंहरुलाई कसको विवाह होला भन्ने खुलदुली चल्यो होला ?

यो विवाह भारत सहारनपुरको एनआरआइ गुप्ता परिवारका सदस्यको हो । अजय र अतुल गुप्ताका छोरा सूर्यकान्त र शशांकको विवाह क्रमश २० र २२ जुनमा तय भएको छ । विवाहको कार्यक्रम औलीमा १८ देखि २२ जुनको बीचमा हुनेछ ।

सूर्यकान्तको विवाह हिरा व्यापारी सुरेश सिंघलकी छोरी कृतिका सिंघलसँग र शशांकको विवाह दुबइका व्यापारी विशाल जालनकी छोरी शिवांगीसँग हुन लागेको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अजय गुप्ताले छोराको विवाह कार्यक्रम इटलीमा गर्न चाहेका थिए तर सरकारको पहलमा उनीहरुले विवाह भारतमा नै गर्ने योजना बनाएका हुन् । यो विवाहमा २०० करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विवाहको लागि बनाइएको निमन्त्रणा कार्ड एक डिव्वामा बनाइको छ । जसको तौल ४.५ किलोको रहेको छ ।

विवाह कार्यक्रममा बलिउडका हस्तीहरु पनि जानेछन् र आफ्नो प्रस्तुती दिनेछन् । जहाँ कटरिना कैफ, सिदार्थ मल्होत्रा, शाहिद कपूरका अलावा कैलाश खेर, शंकर अहसान लाय, विशाख शेखरको पनि उपस्थिति हुनेछ ।

विवाहमा स्वदेशी मात्र नभएर विदेशी पाहुना पनि पुग्छन् । उनीहरुको लागि २०० वटा हेलिकोप्टर पनि बुक गरिएको छ । हेलिकोप्टरले दिल्ली र देहरादुनमा उडान भर्ने छ । विवाहमा आएकाहरुलाई हिमालय पनि घुमाउने योजना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवाहपछि पाहुनाहरुलाई बद्रीनाथ लैजाने कार्यक्रम तय भएको छ । यसका साथै पाहुनाका लागि लगभग ४०० प्रकारको अलग अलग खानाको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : ३० बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा