२०० करोड खर्च गरेर विवाह– २ सय हेलिकप्टर र सय जना पण्डित बुक, ४०० प्रकारको खाना ! « Khabarhub

२०० करोड खर्च गरेर विवाह– २ सय हेलिकप्टर र सय जना पण्डित बुक, ४०० प्रकारको खाना !


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भारतको उत्तराखण्डमा एक यस्तो राजकीय विवाह हुनेभएको छ जसबारे थाहा पाउनुभयो भने तपाई आश्चर्यमा पर्नुहुन्छ ।

यो विवाहका लागि २ सय हेलिकोप्टर र १०० जना पण्डित बुक गरिएको छ । विवाहको लागि बनाइएको निमन्त्रणा कार्डपनि अनौठो खालको छ । यसमा विवाहको जानकारी भएको छ पाना छ । जुन चाँदीले बनेको छ । यतिमात्र होइन विवाहमा बलिउडका हस्तीहरुपनि हुनेछन् ।

यति थाहा पाइसकेपछि तपाईंहरुलाई कसको विवाह होला भन्ने खुलदुली चल्यो होला ?

यो विवाह भारत सहारनपुरको एनआरआइ गुप्ता परिवारका सदस्यको हो । अजय र अतुल गुप्ताका छोरा सूर्यकान्त र शशांकको विवाह क्रमश २० र २२ जुनमा तय भएको छ । विवाहको कार्यक्रम औलीमा १८ देखि २२ जुनको बीचमा हुनेछ ।

सूर्यकान्तको विवाह हिरा व्यापारी सुरेश सिंघलकी छोरी कृतिका सिंघलसँग र शशांकको विवाह दुबइका व्यापारी विशाल जालनकी छोरी शिवांगीसँग हुन लागेको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अजय गुप्ताले छोराको विवाह कार्यक्रम इटलीमा गर्न चाहेका थिए तर सरकारको पहलमा उनीहरुले विवाह भारतमा नै गर्ने योजना बनाएका हुन् । यो विवाहमा २०० करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विवाहको लागि बनाइएको निमन्त्रणा कार्ड एक डिव्वामा बनाइको छ । जसको तौल ४.५ किलोको रहेको छ ।

विवाह कार्यक्रममा बलिउडका हस्तीहरु पनि जानेछन् र आफ्नो प्रस्तुती दिनेछन् । जहाँ कटरिना कैफ, सिदार्थ मल्होत्रा, शाहिद कपूरका अलावा कैलाश खेर, शंकर अहसान लाय, विशाख शेखरको पनि उपस्थिति हुनेछ ।

विवाहमा स्वदेशी मात्र नभएर विदेशी पाहुना पनि पुग्छन् । उनीहरुको लागि २०० वटा हेलिकोप्टर पनि बुक गरिएको छ । हेलिकोप्टरले दिल्ली र देहरादुनमा उडान भर्ने छ । विवाहमा आएकाहरुलाई हिमालय पनि घुमाउने योजना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवाहपछि पाहुनाहरुलाई बद्रीनाथ लैजाने कार्यक्रम तय भएको छ । यसका साथै पाहुनाका लागि लगभग ४०० प्रकारको अलग अलग खानाको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : ३० बजे

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको