के साँच्चिकै धूम–४ मा भिलेनको भूमिका खेल्दैछन् शाहरुख खान ? « Khabarhub

के साँच्चिकै धूम–४ मा भिलेनको भूमिका खेल्दैछन् शाहरुख खान ?


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुपरस्टार शाहरुख खान आदित्य चोपडाको ब्लकबास्टर हिट फिल्म धूमको चौथो भागमा भिलेनको भूमिकामा खेल्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् ।

यो भन्दा अघि पनि शाहरु खान धूम ४ मा भिलेनको रुपमा देखिने समाचारहरु बाहिरिएका थिए तर शाहरुले आफू आनन्द एल रायको फिल्म जिरोमा व्यस्त भएको भन्दै हल्लाहरुलाई शान्त गरिदिएका थिए ।

जिरो गत वर्ष रिलिज भएको थियो तर यसले दर्शकको मन जित्न सकेन ।

यो फिल्म बक्स अफिसमा फ्लप हुन गयो । अहिले शाहरुख खानसँग कुनै नयाँ प्रोजेक्ट छैन । राकेश शर्माको बायोपिक फिल्ममा शाहरुख ले नखेल्ने बताइसकेका छन् । अब उनीसँग समयको अभाव छैन ।

के अब शाहरु खान साच्चिकै भिलेको भूमिका खेल्न गइरहेका छन् त ? यशराज फिल्मसको धूम सीरिजमा अहिलेसम्म ठूला कलाकारलाई भिलेनको भूमिकामा देखाइएको छ ।

शाहरु खानले केहीसमयदेखि अभिनेताको रुपमा खास कमाइ गर्न नसकिरहेको अवस्थामा उनले यो विकल्प चुनेको हुनसक्ने आँकलनहरु भारतीय फिल्म उद्योगमा चलिरहेको समाचार सार्वजनिक भएका छन् ।

धुम सिरिजमा अहिलेसम्म जोन अब्राहम, ऋतिक रोशन तथा आमिर खान भिलेको रुपमा देखिइसकेका छन् । अब हेर्न बाँकी छ नयाँ सिरिजमा कुन चर्चित अनुहार भिलेको रुपमा आउने छ ?

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १० : ५२ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले