मुन्द्रे शो कपिल शर्माको शो मिल्छ भन्ने कमेन्ट पुरानो भइसक्यो: जितु नेपाल « Khabarhub

मुन्द्रे शो कपिल शर्माको शो मिल्छ भन्ने कमेन्ट पुरानो भइसक्यो: जितु नेपाल


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार जितु नेपाल पछिल्लो समय फिल्मका कारणले भन्दा बढी टेलिभिजनबाट प्रसारण हुने शो ‘मुन्द्रेको कमेडी क्लब’ का कारण बढी चर्चामा छन् । साथै जितु आफ्नो टिमले निर्माण गर्ने दुई फिल्मको तयारीमा पनि जुटेका छन् । जुनमध्ये एक फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

‘मुन्द्रेको कमेडी क्लब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको जितु बताउँछन् । उनका अनुसार यो शो ले पहिलेको भन्दा बढी दर्शकको मन जितेको छ । युट्युबमा पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

‘कमेन्टमा एउटा समूह जे गरे पनि विरोध गर्ने नै हुने रैछ, भलै शो को राम्रो प्रतिक्रिया आइरहेको छ’, जितुले खबरहबसँग कुरा गर्दै भने, ‘यो शो आफ्नो देशमा गरिएको आफ्नो काम हो, यो नेपाली परिवेशको शो पनि हो ।’

जितुलाई भने यो शो भारतमा कपिल शर्माले चलाउने कपिल शर्मा शोको कपी गरेको भनेर केही दर्शकले गाली समेत गर्ने गरेका छन् । जितु भने यो शो आफ्नै स्टाइलको भएको तर कपिल शर्माको शो र आफ्नो शोको बिउ एउटै भएको बताउँछन् ।

‘भारतमा उम्रे पनि त्यो मकै हो, अमेरिकामा उम्रे पनि त्यो मकै नै हो ।’ जितुले भने, ‘कपिल शर्मासँग शो मिलेको भन्ने कमेन्ट पुरानो भइसक्यो ।’

दर्शकले यो शो भारतका कमेडीयन कपिल शर्मा शोबाट प्रभावित भई उस्तै कार्यक्रम निर्माण भएको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५९ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा