धरानमा डेंगु रोग नियन्त्रण गर्न प्रदेश सरकारले छुट्यायो ८० लाख « Khabarhub

धरानमा डेंगु रोग नियन्त्रण गर्न प्रदेश सरकारले छुट्यायो ८० लाख


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीको धरानमा देखा परेको डेंगु रोगका प्रभावितको उपचारका लागि १ नम्बर प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, रोग फैलिन नदिन थप ३० लाख रुपैयाँ विनियोजना गरिएको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

डेंगुको प्रकोप बढ्दै गएपछि धरानको ८ र १५ नम्बर वडालाई डेंगु संकटग्रस्त क्षेत्र समेत घोषणा गरिएको छ ।

धरानमा अहिले करिक २ सय २० जना व्यक्ति डेंगुबाट प्रभावित रहेका जनाइएको छ । डेंगु रोग प्रभावितहरुको धरानमै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

धरानमा डेंगुको प्रकोपट बढेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्थलगत अनुगमन गरेको थियो । मन्त्रालयको अनुगमन पछि डेंगु नियन्त्रणमा लागि थप प्रभावकारी कदम चालिएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : ४५ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ