कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत « Khabarhub

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका नेता कर्णबहादुर थापाले विरोध जनाएका छन्।

थापाले पार्टी अध्यक्ष ओलीसँग पार्टीभित्र वैचारिक संघर्षको विवरण दिँदै पनि कार्की आयोगको प्रतिवेदनमा आधारित पक्राउ पूर्णतया गलत भएको बताए।

‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र उहाँलाई पार्टीभित्र मनपरि गर्न उकास्ने र गलत काममा सहयोग गर्ने पात्र र प्रवृत्तिसँग वैचारिक संघर्ष थियो, त्यो विधिसम्मत् रूपमा जारी रहनेछ’, उनलेे भनेका छन्, ‘तर कार्की आयोगको पूर्वाग्रह र प्रतिशोधमा आधारित प्रतिवेदनलाई आधार मानेर गरिएको गिरफ्तारी शतप्रतिशत गलत छ।’

थापाले बालेन सरकारको कदमलाई राज्य आतंकको रूपमा उल्लेख गर्दै सम्पूर्ण पार्टी पंक्तिले एकताबद्ध भएर विरोधमा उत्रनुपर्ने बताए।

उनले कार्की आयोगले फौजदारी संहिताको दफा १८१ र १८२ अनुसारको अभियोग लगाउने सिफारिस कानुनसम्मत नभएको र राजनीतिक व्यक्तिलाई अपराधी प्रमाणित गर्न नसकिने दाबी गरेका छन्।

उनले भने, ‘निरंकुशताको कालरात्रीमा दबाउन खोजिएका स्वतन्त्रताका आवाज सफल भएनन्। यस युगमा कुनै पनि खाले षड्यन्त्र र गैरकानुनी योजना सफल हुने छैन। संयमताका साथ, योजनावद्ध र बहादुरीसाथ अघि बढौं।’

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : २१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा