विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका लागि थपिए ५१ अस्पताल (सूचीसहित) « Khabarhub

विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका लागि थपिए ५१ अस्पताल (सूचीसहित)


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन थप ५१ वटा अस्पताललाई अनुमति दिएको छ ।

स्वास्थ्य परीक्षणका लागि सुचीकृत हुन  निवेदन दिएका १ सय २६ वटा स्वास्थ्य संस्थामध्ये श्रम मन्त्रालयले ५१ वटालाई अनुमति दिएको हो ।

श्रम मन्त्रालयले निवेदन दिएका स्वास्थ्यसंस्थाहरुमा वैदेशिक रोजगार नियमावली अनुसार अनुगमन गरी ५१ वटा स्वास्थ्यसंस्थालाई स्वास्थ्य परीक्षणका लागि अनुमती दिएको हो ।  मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि अनुमति पाएका ५१ वटा स्वास्थ्यसंस्थाको नाम सोमबार सार्वजनिक गरेको छ ।

यी हुन स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका स्वास्थ्यसंस्था

श्रम मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि सुचीकृत गरेका यी ५१ वटा स्वास्थ्यसंस्थामा पनि अबदेखि वैदेशिक रोजगारीमा जानेहरुले स्वास्थ्य परीक्षण गराउन सक्नेछन् ।

यसअघि नेपालमा २ सय २६ वटा स्वास्थ्य संस्थाले मात्रै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणको अनुमति पाएका थिए ।

कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लागू गरिएको भन्दै बिरोध हुन थालेपछि श्रम मन्त्री गोकर्ण विष्टले वैदेशिक रोगजार नियमावली नै परिवर्तन गरेर नयाँ स्वास्थ्यसंस्थालाई पनि स्वास्थ्य परीक्षणका लागि अनुमति दिन प्रक्रिया थालेका थिए ।

हाल सुचीकृत भएका संस्था निजीक्षेत्रका रहेकाले स्वास्थ्य मन्त्रालयको सिफारिसमा अन्य सरकारी अस्पतालहरुबाट पनि स्वास्थ्य परीक्षणको व्यवस्था गरिन लागेको श्रम मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारका लागि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका सरकारी संस्थाबाट पनि स्वास्थ्य परीक्षणको व्यवस्था गर्न लागिएको हो ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : २५ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी