धादिङको चैनपुरमा पानी बोक्नुपर्ने बाध्यता हट्योः मन्त्री मगर « Khabarhub

धादिङको चैनपुरमा पानी बोक्नुपर्ने बाध्यता हट्योः मन्त्री मगर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– खानेपानी मन्त्री बिना मगरले पानी बोक्ने बाध्यताको अन्त्य गरेर मात्र समृद्ध नेपाल बनाउन सकिने बताएकी छिन् । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको चैनपुरमा सम्पन्न भएको चैनपुर खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री मगरले महिला चुलोचौकोबाट बाहिर निस्केर सबल र आत्मनिर्भर भए मात्र मुलुक समृद्धितर्फ लम्किने बताएकी हुन् ।

सोमबार मन्त्री मगरले धादिङको सदरमुकाम धादिङबेसीबाट १९ किलोमिटर उत्तरमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गरिन् । उक्त खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री मगरले चैनपुरबासीले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गरिन् ।

आयोजनाको उद्घाटन गर्दै मन्त्री मगरले भनिन्, ‘हेर्दा सानो देखिए पनि यो निकै रणनीतिक महत्व बोकेको हो । आयोजना बन्नुपूर्व यहाँका महिलाको प्रत्येक बिहान पानी बोक्नमै बित्थ्यो। अब त्यो परिस्थितिको अन्त्य भएको छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बोक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य गरेका छौं।’

उनले तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको दोहो¥याइन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानीको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी मूख्यत महिलाकै काँधमा हुने भएको हुँदा पानी बोक्न समय खर्चिदा महिलाहरुले अरु काममा समय दिन नसकेको बताइन् ।

उनले पानी बोक्ने बाध्यताको अन्त्य गरेर मात्र समृद्ध नेपाल बनाउन सकिने धारणा राखिन् । उनले महिला सबल भए, महिला आत्मनिर्भर भए मात्र समाज र देश समृद्ध बन्ने बताइन् ।  ‘महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन भ्याएका छैनन्, यो बाध्यता मैले राम्रोसँग बुझेको छु। तपाईहरुको समस्यालाई आफ्नै समस्या ठानेर काम गरिरहेको छु र गर्नेछु ।’ मन्त्री मगरले भनिन्,‘संविधानले खानेपानीलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ। त्यसको कार्यान्वयनका लागि मन्त्रालय गम्भीर रुपमा लागिरहेको छ।’

विश्व बैंक र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा संचालित उक्त आयोजना सम्पन्न भएपछि करिब १ हजार जनसंख्या लाभान्वित हुने भएका छन् । यस आयोजनामा ४ वटा इन्टेक, ६ वटा ट्याङकी, ४ ठाउँमा पम्प हाउस र २ ठाउँमा पानी वितरण केन्द्र छन् । आयोजना अन्तर्गत १ सय ६१ घरमा मिटर सहितको धारा जडान गरिएको छ । फोकस नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको यो आयोजना वि.सं. २०७१ बाट प्रारम्भ भएको हो ।

१ करोड ३४ लाख ४२ हजार छत्तीस रुपैयाँको लागतमा सम्पन्न उक्त आयोजनाबाट चैनपुरका १६१ घरधुरी लाभान्वित भएका छन्। कार्यक्रममा आयोजनाले उत्तरी धादिङका हजारौं नागरिक लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्खुलीले बताए । कार्यक्रममा धादिङ्का सङ्घीय सांसदहरु गुरु बुर्लाकोटी, खेमप्रसाद लोहनी, विश्व बैंकका नेपाल प्रबन्धक फारिस हदाद जेरबोस, फण्ड बोर्डका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ६ : ५४ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह