म्याग्दीमा जीप दुर्घटना, १३ जना घाइते « Khabarhub

म्याग्दीमा जीप दुर्घटना, १३ जना घाइते


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको राखुदेखि बेनी आउँदै गरेको जिप आइतबार दिउँसो रघुगंगा गाउँपालिका ३ पिप्लेमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग १ ज ५८९९ नम्बरको जिप सडकबाट पाखोमा खस्दा घाइते भएका १३ जनालाई उपचारका लागि बेनी अस्पताल ल्याइएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।  घाइतेहरुको नाम पहिचान भएको छैन् ।

गलेश्वर स्थीत शसस्त्र प्रहरी क्याम्पका शसस्त्र, गलेश्वर प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीयबासीहरुले घाइतेलाई उद्धार गरेका थिए ।

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक गुरुङले बताए । जिप सडक देखि करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५२ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली