उद्यमशीलता सम्मेलनको तयारी पूरा « Khabarhub

उद्यमशीलता सम्मेलनको तयारी पूरा


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल उद्योग परिसघंले नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्दश्यका साथ काठमाडौँमा गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको परिसघंले जनाएको हो । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसघंको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको परिसघंका अध्यक्ष हरिभक्त शर्माले आईतबार पत्रकार सम्मेलन माफ्त जानकारी दिए ।

सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथि वक्ता तथा उद्यम गरी सम्मानीत स्थानान पुगेका ६ जना सफल उद्यमीहरुले कार्यपत्र प्रस्तुत गर्ने परिसघंका अध्यक्ष शर्माले बताए । उद्यमशीलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै देश भरिबाट सहभागि हुने युवा, युवा उद्यमी बीच अन्तरसंवाद गराउदै विदेशमा रहेका युवालाई स्वदेशमा उद्यम ब्यबसाय गर्न सम्मेलनले सहयोग पुग्ने परि संघका अध्यक्ष शर्माले जानकारी दिए ।

सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष सहित ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरु तथा प्रदेशका उद्योगी, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने परिसघंकले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ०२ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा