काष्ठमण्डपको पुनःनिर्माणले मुर्त रुप लियो « Khabarhub

काष्ठमण्डपको पुनःनिर्माणले मुर्त रुप लियो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –०७२ सालको भुकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुननिर्माणको मुख्य काम शुरु भएको छ ।  वि.स २०७२ वैशाख १२ को महाभुकम्पले पूर्णरुपमा ढलेको हनुमान ढोका दरवार क्षेत्रको काष्ठमण्डपका चारवटा मूल थाम ठड्याइए पछि मुख्य काम थालिएको हो ।

जेठ ३१ गतेबाट औपचारिक रुपमा पुनःनिर्माणको काम थालिएको करिव आठ महिनापछि मात्र पुन निर्माण समितिले काष्ठमण्डपको चारवटा थाम राखेपछि पुनःनिर्माणले मुर्त रुप लिएको हो ।

काष्ठमण्डप पुर्नःनिर्माणको क्रममा जगको काम सकिएसँगै आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य तथा वसन्तपुरबासीले थाम र निनाको विशेष पुजा–आइतबारा गरि ठड्याइएको छ । काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माणको काम भइरहेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत तथा मौलिक र ऐतिहासिक सम्पदा समेत भएकोले यसको पुनःनिर्माण पुरानै ढाचामा तीन तला हुने पुननिर्माण समितिले बताएको छ ।

भुकम्प गएको लामो समयसम्म काष्ठमण्डप कस्तो बनाउने भन्ने विवाद थियो तर अहिले काठमाडौं महानगरपालिका तथा जन स्तरबाटै गर्न लागिएको छ । पुनःनिर्माणको लागि समितिको महानगरपालिका सँग सम्झौता भएसँगै गत कार्तिक २२ गते काष्ठमण्डपको शिलन्याश गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : १० बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको