प्रक्रिया पूरा गरेर सुचारु गर्न मेलम्ची पीडित ठेकेदारको माग « Khabarhub

प्रक्रिया पूरा गरेर सुचारु गर्न मेलम्ची पीडित ठेकेदारको माग


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले ठप्प रहेको मेलम्ची आयोजना छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ ।

आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आयोजनाबाट नेपाली व्यवसायीहरुको झण्डै डेढ अर्व भुक्तानी हुन बाँकी रहेको भन्दै कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको हो ।

संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले बाँकी भुक्तानी नभएसम्म काम अगाडी बढ्न नदिने पनि बताए । भुक्तनी प्रक्रिया अगाडी नबढ्दा उप आयोजना अन्तरगत काम गरिरहेका निर्माण कम्पनीहरुले पनि काम नगर्ने भएको संयोजक न्यौपानेले बताए ।

समयमै भुक्तानी नगरेको कारण मुख्य ठेकेदारले ठेक्का तोडेर गएको अवस्थामा आफूहरुको भुक्तानीको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने संघर्ष समितिले माग गर्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : १४ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।