तालिबानले अफगानिस्तानमा कार्यालय खोलोस् : घानी « Khabarhub

तालिबानले अफगानिस्तानमा कार्यालय खोलोस् : घानी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगान राष्ट्रपति अशरफ घानीले इस्लामिक लडाकु समूह तालिबानलाई आफ्नै मुलुकमा राजनीतिक कार्यालय खोल्न प्रस्ताव गरेका छन् । पाकिस्तानसँग सीमा जोडिएको ननगरहार प्रान्तको भ्रमणका क्रममा राष्ट्रपति घानीले तालिबानलाई अफगानिस्तानमै राजनीतिक कार्यालय स्थापना गर्न आह्वान गरेका हुन् ।

‘‘यदी तालिबान चाहन्छ भने म तालिबानलाई भोलिबाट नै काबुल, ननगरहार वा कन्दाहार जहाँसुकै कार्यालय स्थापना गर्न दिन्छु ।’’ घानीले भने । ननगरहार प्रान्त तालिबानको सबैभन्दा ठूलो सक्रियता रहेको प्रान्तमध्येको एक हो ।

तर, तालिबानले भने घानीको प्रस्ताव अस्वीकार गर्दै कतारको राजधानी दोहामा रहेको राजनीतिक कार्यालयमै केन्द्रित हुने जनाएको छ । प्रसंगलाई अन्तै मोड्न र जारी अफगान शान्ति प्रकृयालाई खल्बल्याउन उद्देश्यले घानीको वक्तव्य आएको तालिबानका प्रवक्ता शोहिल सहिनले प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ ।

अमेरिकी विशेष प्रतिनिधि र सरकार बाहिर रहेका अफगान विपक्षी नेताहरुसँग तालिबानले छुट्टाछुट्टै वार्ता अघि बढाइरहेका बेला अफगान सरकारले शान्ति वार्तामा आफ्नो भूमिका खोजिरहेको बताइन्छ ।

तालिबानका राजनीतिक प्रतिनिधि र सरकार बाहिर रहेका अफगान राजनीतिज्ञसँग रुसको राजधानी मस्कोमा वार्ता भएको थियो भने अमेरिकी विशेष प्रतिनिधिसँग तालिबानले आगामी फेब्रुअरीमा अर्को चरणको वार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ४१ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि