अल्जेरियाका राष्ट्रपति बोटेफ्लिकाले पुनः उम्मेद्वारी दिने « Khabarhub

अल्जेरियाका राष्ट्रपति बोटेफ्लिकाले पुनः उम्मेद्वारी दिने


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले आगामी अप्रिल महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिने गरेका छन् ।

बोट्फ्लिकाले अल्जेरियाको प्रेस सेवा एपीएसलाई पठाएको पत्रमा मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक आधारमा उम्मेद्वारी दिने जनाएका हुन् ।

बोटेफ्लिका सन् १९९९ देखि राष्ट्रपतिको रुपमा कार्यरत छन् । विपक्षीको निकै कम मात्र प्रभाव रहेकाले यस चुनावमा पनि बोटेफ्लिका विजयी हुने अनुमान गरिएको छ ।

यसअघि शनीबारमात्र मुलुकको सत्तारुढ दल नेशनल लिबरेसन फ्रन्टले बोटेफ्लिकालाई यस वर्षको अप्रिल १८ का दिन हुने राष्ट्रपतीय निर्वाचनमा पाचौँ कार्यकालका लागि उम्मेद्वार बनाउने घोषणा गरेको थियो ।

सन् २०१३ मा मष्तिष्कघात भएयता ८१ वर्षीय बोटेफ्लिका दुर्लभ मात्रै सार्वजनिक कार्यक्रममा देखिँदै आएका छन् । पछिल्ला केही वर्षयता उनी ह्विलचियरको साहारामा हिँडडुल गर्ने गरेको तस्बीर सार्वजनिक हुने गरेको छ ।

पछिल्ला केही महिनायता उनी बिरामी परेको समाचार आउने गरेको छ । स्वास्थ्य समस्याकै कारण उनले गत डिसेम्बरमा अल्जेरियाका भ्रमणमा रहेका साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि भेटवार्ता गर्न असक्षम भएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : ५९ बजे

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप