त्रिशूली थ्री ए जलविद्युत आयोजनाको शिलान्यास « Khabarhub

त्रिशूली थ्री ए जलविद्युत आयोजनाको शिलान्यास


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिशूली करिडोर अन्तरगत नुवाकोटको किस्पाङ गाँउपालिका–५ मनकामनामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माण औपाचारिक रुपमा थालिएको छ ।

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सहायक योजानाको रुपमा त्रिशूली नदीको पानी उपयोग गरी निर्माण थालिएको थ्री बी आयोजनाको आइतबार उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् । गत वर्षको फागुन ३० देखि नै निर्माण थालिएको आयोजना मार्फत मुलुकमा जारी उर्जा संकट समाधान र आर्थिक रुपमा समृद्धि बनाउन अयोजनाको कार्य तोकिएको समयमा पूरागर्न उहाँले सम्बन्धित सबै पक्षसंग आग्रह गरे ।

आगामी फागुन २ गते प्रधानमन्त्रीबाट घोषणा गर्न लागिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम अन्तरगत मुलुकमा निर्माणाधीन १९ वटा आयोजना मार्फत तीन हजार पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने बहुचर्चित कार्यक्रममा समेत थ्री बी जलविद्युत आयोजनालाई सूचिकृत गरिएको उहाँले जानकारी दिए ।

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम मार्फत ‘नेपालको पानी–जनताको लगानी’ र ‘हरेक नेपाली–विद्युतको शेयर धनी’ अभियानको लागी त्रिशूली थ्री बी लगायतका आयोजना महत्वपूर्ण हिस्साको रुपमा राज्य र जनता दुवैको बराबर सम्पत्तिको रुपमा रहेको मन्त्रीले पुनले बताए ।

आगामी आसारमा निर्माण सम्पन्न गर्न लागिएको थ्री ए को सहायक योजनाको रुपमा रहेको थ्री बी आयोजनाको लागी बाधस्थल र डि–सेन्टर आवश्यक नपर्ने, हेडरेस टनेल तथा पेनस्टक पाइपको दुरी छोटो रहने र उत्पादित विद्युत तीन किलोमिटर दुरीमा नै केन्दीय प्रशारण लाइनमा जोडिने भएकाले सस्तो लगानीमा कार्यसम्पन्न गर्न सकिने लक्ष्य राखिएको छ । अबको दुई वर्ष अर्थात २०७७ फागुन २९ गते विद्युत उत्पादन गर्ने योजना रहेको आयोजना निर्माणमा सात अर्ब ४४ करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरण तथा नेपाल दुरसरञ्चार कम्पनी लिमिटेड सहित प्रभावित जिल्लाका स्थानीयतह, स्स्थानीय जनता र स्थानीय वित्तिय सँस्था सहित सर्वसाधारण एवम् नेपला विद्युत प्राधिकरण र दुरसञ्चार प्राधिकरणका कर्मचारीको समेत लगानी रहने गरी बित्तिय व्यवस्थापनको जिम्मेवारी नबिल बैंकलाई दिइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ४३ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा