त्रिशूली थ्री ए जलविद्युत आयोजनाको शिलान्यास | Khabarhub Khabarhub

त्रिशूली थ्री ए जलविद्युत आयोजनाको शिलान्यास


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिशूली करिडोर अन्तरगत नुवाकोटको किस्पाङ गाँउपालिका–५ मनकामनामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माण औपाचारिक रुपमा थालिएको छ ।

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सहायक योजानाको रुपमा त्रिशूली नदीको पानी उपयोग गरी निर्माण थालिएको थ्री बी आयोजनाको आइतबार उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् । गत वर्षको फागुन ३० देखि नै निर्माण थालिएको आयोजना मार्फत मुलुकमा जारी उर्जा संकट समाधान र आर्थिक रुपमा समृद्धि बनाउन अयोजनाको कार्य तोकिएको समयमा पूरागर्न उहाँले सम्बन्धित सबै पक्षसंग आग्रह गरे ।

आगामी फागुन २ गते प्रधानमन्त्रीबाट घोषणा गर्न लागिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम अन्तरगत मुलुकमा निर्माणाधीन १९ वटा आयोजना मार्फत तीन हजार पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने बहुचर्चित कार्यक्रममा समेत थ्री बी जलविद्युत आयोजनालाई सूचिकृत गरिएको उहाँले जानकारी दिए ।

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम मार्फत ‘नेपालको पानी–जनताको लगानी’ र ‘हरेक नेपाली–विद्युतको शेयर धनी’ अभियानको लागी त्रिशूली थ्री बी लगायतका आयोजना महत्वपूर्ण हिस्साको रुपमा राज्य र जनता दुवैको बराबर सम्पत्तिको रुपमा रहेको मन्त्रीले पुनले बताए ।

आगामी आसारमा निर्माण सम्पन्न गर्न लागिएको थ्री ए को सहायक योजनाको रुपमा रहेको थ्री बी आयोजनाको लागी बाधस्थल र डि–सेन्टर आवश्यक नपर्ने, हेडरेस टनेल तथा पेनस्टक पाइपको दुरी छोटो रहने र उत्पादित विद्युत तीन किलोमिटर दुरीमा नै केन्दीय प्रशारण लाइनमा जोडिने भएकाले सस्तो लगानीमा कार्यसम्पन्न गर्न सकिने लक्ष्य राखिएको छ । अबको दुई वर्ष अर्थात २०७७ फागुन २९ गते विद्युत उत्पादन गर्ने योजना रहेको आयोजना निर्माणमा सात अर्ब ४४ करोड रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरण तथा नेपाल दुरसरञ्चार कम्पनी लिमिटेड सहित प्रभावित जिल्लाका स्थानीयतह, स्स्थानीय जनता र स्थानीय वित्तिय सँस्था सहित सर्वसाधारण एवम् नेपला विद्युत प्राधिकरण र दुरसञ्चार प्राधिकरणका कर्मचारीको समेत लगानी रहने गरी बित्तिय व्यवस्थापनको जिम्मेवारी नबिल बैंकलाई दिइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ४३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु