पानीले रोकिएको भारत र न्युजिल्याण्डबीचको खेल आज « Khabarhub

पानीले रोकिएको भारत र न्युजिल्याण्डबीचको खेल आज


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा वर्षाका कारण प्रभावित भएको भारत र न्युजिल्याण्डबीचको खेल आज हुने भएको छ । भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल खेल ४६ दशमलव १ ओभरसम्म जारी रहँदा वर्षाले रोकिएको थियो । सोही खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट खेल शुरु गर्नेछ ।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा बर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स पुरा गर्न पाएन । खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

बर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज (बुधबार) हुने निर्णय गरेका थिए । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ ।

विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : ४६ बजे

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग