पानीले रोकिएको भारत र न्युजिल्याण्डबीचको खेल आज « Khabarhub

पानीले रोकिएको भारत र न्युजिल्याण्डबीचको खेल आज


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा वर्षाका कारण प्रभावित भएको भारत र न्युजिल्याण्डबीचको खेल आज हुने भएको छ । भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल खेल ४६ दशमलव १ ओभरसम्म जारी रहँदा वर्षाले रोकिएको थियो । सोही खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट खेल शुरु गर्नेछ ।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा बर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स पुरा गर्न पाएन । खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

बर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज (बुधबार) हुने निर्णय गरेका थिए । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ ।

विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : ४६ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको