ओखलढुंगाको डढुवामा बस दुर्घटना हुँदा ३ को मृत्यु « Khabarhub

ओखलढुंगाको डढुवामा बस दुर्घटना हुँदा ३ को मृत्यु


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– यात्रुबाहक बस ओखलढुंगाको डढुवामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा बसका चालक झापाका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी छन्। ३ जनाकै घटनास्थलमै मृत्यु भएको हो ।

झापाको काँकरभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अन्य १५ जना घाइते भएका छन् ।

घाइते मध्ये गम्भीर ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने बाँकीको उदयपुरको घुर्मी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मे १ ख १८९१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो। चिप्लोबाटो भएका कारण बस सडकबाट अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ८ : ३६ बजे

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६