ओखलढुंगाको डढुवामा बस दुर्घटना हुँदा ३ को मृत्यु « Khabarhub

ओखलढुंगाको डढुवामा बस दुर्घटना हुँदा ३ को मृत्यु


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– यात्रुबाहक बस ओखलढुंगाको डढुवामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा बसका चालक झापाका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी छन्। ३ जनाकै घटनास्थलमै मृत्यु भएको हो ।

झापाको काँकरभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अन्य १५ जना घाइते भएका छन् ।

घाइते मध्ये गम्भीर ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने बाँकीको उदयपुरको घुर्मी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मे १ ख १८९१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो। चिप्लोबाटो भएका कारण बस सडकबाट अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ८ : ३६ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड