कुस्ती संघ विवाद : रिंगभित्र खेल्नुपर्ने ‘कुस्ती’ संघभित्र ! | Khabarhub Khabarhub

कुस्ती संघ विवाद : रिंगभित्र खेल्नुपर्ने ‘कुस्ती’ संघभित्र !



काठमाडौं-नेपाली खेलकुदमा खेल संघको विवाद नौलो होइन । तर, यतिबेला नेपाल कुस्ती संघ पुर्नगठनले खेल जगतमा राजनीति हावी भएको देखाएको छ । असार ९ गते निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले कार्यकालको अन्तिम दिन नेपाल कुस्ती संघ पुनर्गठनको प्रक्रिया अघि बढाउन सहमति दिएसँगै राज मोहम्मद मिया अन्सारीको नेतृत्वमा १६ सदस्यीय कार्य समिति बनाउँदै कुस्ती संघ पुनर्गठन भएको छ ।

तर, तत्कालिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मान्यता प्राप्त नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणाले कुस्तीमा राखेप नेर्तत्वबाट हस्तक्षेप भएको आरोप लगाएका छन् ।

असार १६ गते कुस्ती संघ गठन भएको समाचार बाहिरिएसँगै कुस्तीमा पुनः विवाद शुरु भएको हो। राणा नेतृत्वको कुस्ती संघको ४ वर्ष जेठ २४ गते पुरा हुँदै थियो । संघले असार ७ गते केन्द्रीय अधिवेशनको तयारी पनि थालेको थियो । तर, राखेपले स्वीकृती नदिएपछि राणा अध्यक्ष रहेको संघले असार ७ गते अधिवेशन त गर्न पाएन नै असार ९ गते कार्यकालको अन्तिम दिन निवर्तमान सदस्य सचिव केशवकुमार बिष्टले कुस्ती संघ पुनर्गठनको निर्णय गररे विवादित बनाइदिएको राणाको आरोप छ ।

‘हामीले केन्द्रीय अधिवेशनको तयारी गरिसक्दा पनि राखेप नेतृत्वले स्वीकृती दिएन । तर, जाँदा-जाँदै सुटुक्क असार ९ गते सदस्य सचिव कार्यकालको अन्तिम दिन पुनर्गठनको निर्णय गरेर विवाद सिर्जना गरेर जानु भएको छ,’ अध्यक्ष राणले भने, ‘ त्यो कुनै पनि हालतमा मिल्दैन त्यो गर्नु राखेपद्वारा कुस्ती संघ माथिको ठाडो हस्तक्षेप हो । त्यसैले हामीले कानूनको पालना गर्दै न्यायालय जानु पर्ने अवस्था आएको छ ।’

४ वर्षदेखि २ संघका रुपमा रहेका कुस्तीसंघमा ओलम्पिक कमिटिले विवाद ल्याएको पनि राणाको आरोप छ । २०७२ साल जेठ २५ गते संघ स्थापना हुँदा त्यसको केही हप्तामा नै ओलम्पिक कमिटिले मान्यता दिएर अन्सारीको नेतृत्वमा नेपाल कुस्ती संघ स्थापना भएको थियो । त्यसयता सधै राखेपले संघहरुको विवाद समाधान गर्ने बताउँदै आएपनि त्यो भइसकेको भने थिएन् । तर, तत्कालिन सदस्य सचिव बिष्टले आफ्नो कार्यकालको अन्तिम दिनसम्म पनि संघहरुको विवाद समाधान गरी छाड्ने दावी गर्दै आएका थिए ।

उनले जिम्नास्टिक, कराँते लगायतका खेलको विवाद समाधान भएको दावी गरेपनि व्यवहारिक रुपमा भने यी संघहरुमाको विवाद समाधान भएको देखिदैनन । यहि विषयमा बिष्टले खबरहबसँग भने,‘संघ विवादहरु कानुनी हिसाबले मिलिसक्यो । यसको नतिजा पनि तपाईंहरुले चाँडै देख्नुहुन्छ । कानूनी अल्झन मिलेपछि विस्तारै व्यवहारिक कुरा पनि मिल्छ ।’

यता, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना पनि कुस्तीमा खासै विवाद नभएको बताउँछन् । उनले भने ‘कुस्तीमा अलि–अलि विवाद छ । त्यसको समाधानमा नव गठित नेतृत्व लाग्नु हुन्छ ।’

अध्यक्ष राणाले अदालत जान्छौं भनिरहँदा राखेप उपाध्यक्षले पनि उहाँहरु अदालत पुगे आफुहरु पनि अलादतको आदेशको निर्णय अनुसार अगाडि बढ्ने बताउँछन् । ‘उहाँहरु सम्मानित अदालत जानु भयो भने अदालतले जे भन्छ हामी त्यहीँ गरौंला । उहाँहरुले संघ पुनर्गठन गर्न तयार छौं भनेर लिखित हस्ताक्षर गर्नु भएको छ,’ उपाध्यक्ष तिम्सिनाले भने ।

तिम्सिनाले लिखित हस्ताक्षर गरेको कागज छ भनिरहँदा अध्यक्ष राणले भने आफुले कुनै पनि कागजमा हस्ताक्षर नगरेको बताउँदै त्यस्तो कुनै कागजमा मैले हस्ताक्षर गरेको छु भने सार्वजनिक गर्नुस् भन्दै चुनौति पनि दिएका छन् ।

विज्ञप्तिमार्फत् उपाध्यक्षलाई चुनौति


छलफलमा एकतर्फी दबाब दिन खोजियो

राखेपले उपाध्यक्ष तिम्सिनाको नेतृत्वमा राखेपले खेल संघ विवाद समाधान कार्यदल गठन गरेर विवादित खेल संघलाई समाधानको बाटो खोजिरहेको छ । त्यसैक्रममा विवादीत कुस्ती संघमा पनि कार्यदलले छलफल गरिरहेको थियो । तर, छलफलमा सधै कार्यदलले आफुलाई पेल्ने गरी समाधान खोजेपछि आफुले सहमती दिन नसकेको अध्यक्ष राणाले खबरहबलाई बताए ।

‘संघलाई मिलाएर लिने विषयमा मन्त्रालयमा मन्त्री ज्युसँग बसेर कुरा चाँही भएको हो । छलफलमा उपाध्यक्ष ज्यु र तत्कालिन सदस्य सचिव बिष्ट पनि हुनुहुन्थ्यो बर्तमान पुनर्गठन भएको संघका अध्यक्ष अन्सारी थिए । छलफलमा मिलेर जानेकुरा पनि भयो । मेरो १५ जना सदस्य मेरो र १४ जना अन्सारी समूहको गरेर कार्यसमिति बनाउने भन्ने भएको थियो,’ ३ महिना अगाडिको निणर्य सुनाएका राणाले भने ।

‘त्यो बेला छलफल गर्दा अर्को गठन नगर्ने अहिलेकै राखेपको मान्यता पाएको राणा नेतृत्वको संघलाई निरन्तरता दिने कुरा भएको थियो । त्यसपछि आठौं राष्ट्रिय खेलकुद आयो । पछि कुरा हुन सकेन । पुनः एक पटक मलाई मन्त्रालयमा बोलाउनु भएको थियो। मन्त्रालयमा बोलाउँदा पनि मिलाएर जाँउ भन्दा मलाई अध्यक्ष नदिने । उनीहरु अध्यक्ष लिने र मैले उपाध्यक्षमा बस्नु पर्ने अवस्था आयो ।’

२–२ वर्षे कार्यकालको कुरा

कुस्तीमा सहमति खोज्र्दा राणा र राज मोहम्मद मिया अन्सारीबीच अध्यक्ष बाँडफाडँकै कुरा पनि चलेको थियो । उक्त विषयमा सबै सकारात्मक भएपनि ओलम्पिक जाने कुरा र को पहिलो अध्यक्ष हुने भन्ने कुराले सहमति जुट्न नसकेको राणाले बताए । ‘२–२ वर्षे कार्यकाल चलाउँ भन्ने पनि भयो । यो त मोहियानी हक लागे जस्तो भयो । त्यो हुँदा पनि अघिल्लो कार्यकाल मलाई दिनुसन् भन्दा पनि मानेन । सबै कुरा उनीहरुलाई नै चाँहिने भएपछि सहमती हुन सकिएन । ओलम्पिक पनि चाहिँने एडप्ट कमिटि बनाउने कुरा भएपछि सहमत हुन सकिन ।’

विवाद छैन्, सहमती भएको हो -अन्सारी

असार ९ गते पुनर्गठन भएको नेपाल कुस्ती संघका अध्यक्ष रान.ज मोहम्मद मिया अन्सारीले भने कुस्तीमा भएको विवाद समाधान भइसकेको र अब विवाद बाँकी नरहेको बताएका छन् । उनले भने, ‘पहिले नै सहमति भएको हो । अहिले कुनै पनि विवाद छैन् । कुस्तीको विकासका लागि अध्यक्ष भएपछि म अहिले खेलाडीसँगको भेटघाटमा जुटेको छु ।’

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ८ : ३३ बजे

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ