अपडेट : विप्लव समूहको गोली लागि एक प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ताको पनि ज्यान गयो « Khabarhub

अपडेट : विप्लव समूहको गोली लागि एक प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ताको पनि ज्यान गयो


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर-भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोलीहानाहान हुँदा दुई जनाको मृत्यु भएको ।

मृत्यु हुनेमा एक जना प्रहरी र एक जना  विप्लवका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । खोटाङ स्थायी घर भएका प्रहरी सञ्जीव राईको गोली लागेर मृत्यु भएको हो । विप्लव तर्फका एकको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना प्रहरी घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आज विहान प्रहरीलाई लक्षित गरी भोजपुर बजारमा गोली प्रहार हुँदा दोहोरो झडप भएको थियो । झडपमा घाइते भएका तीन जना मध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको हो अर्का एक जनाको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले गोली चलाउने समूहको खोजी जारी राखेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ५१ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले