आज तीनवटा प्रदेशमा बाढीको खतरा, भोली र पर्सी यी प्रदेशमा जोखिम « Khabarhub

आज तीनवटा प्रदेशमा बाढीको खतरा, भोली र पर्सी यी प्रदेशमा जोखिम


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

महाशाखाले प्रदेश नम्बर १, २ र ३ मा आज बाढीको सम्भावना रहेको जनाएको छ । विशेषगरि तराई क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ ।

सिवालिक र मध्य पहाडी क्षेत्रमा २० देखि ३६ घन्टासम्म बाढीको सम्भावना रहने महाशाखाले जनाएको छ । कन्काइ र कमला नदीमा पानीको सूचक खतराको तहसम्म पुग्नसक्ने भन्दै महाशाखाले सूचना जारी गरेको छ ।

आज प्रदेश १ ,२ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको तथा भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना रहेकव् भन्दै महाशाखाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न आह्वान गरेको छ ।

हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : २५ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले