आज तीनवटा प्रदेशमा बाढीको खतरा, भोली र पर्सी यी प्रदेशमा जोखिम « Khabarhub

आज तीनवटा प्रदेशमा बाढीको खतरा, भोली र पर्सी यी प्रदेशमा जोखिम


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

महाशाखाले प्रदेश नम्बर १, २ र ३ मा आज बाढीको सम्भावना रहेको जनाएको छ । विशेषगरि तराई क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ ।

सिवालिक र मध्य पहाडी क्षेत्रमा २० देखि ३६ घन्टासम्म बाढीको सम्भावना रहने महाशाखाले जनाएको छ । कन्काइ र कमला नदीमा पानीको सूचक खतराको तहसम्म पुग्नसक्ने भन्दै महाशाखाले सूचना जारी गरेको छ ।

आज प्रदेश १ ,२ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको तथा भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना रहेकव् भन्दै महाशाखाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न आह्वान गरेको छ ।

हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : २५ बजे

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको