लगातारको वर्षाले भारतका विभिन्न राज्य प्रभावित, बाढीमा परी कयौँ बेपत्ता « Khabarhub

लगातारको वर्षाले भारतका विभिन्न राज्य प्रभावित, बाढीमा परी कयौँ बेपत्ता


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ढिला गरी सक्रिय भएको मनसुनका कारण भारतका विभिन्न राज्यको जनजिवन प्रभावित भएको छ । पछिल्लो केही दिनयता देखि लगातार रुपमा भइरहेको वर्षाका कारण अरुणाञ्चल प्रदेशमा बाढी आउँदा कयौँ मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै महाराष्ट्रको रत्नगिरी तिवरेको बाँध गत हप्ता भत्कदा २० जनाभन्दा बढीको मृत्यु भएको छ ।

यसका साथै केही मानिस बेपत्ता भएको पनि बताइएको छ । पछिल्लो आठ दिनदेखि उक्त क्षेत्रमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

उता उत्तराखण्डमा गंगा नदीको जलस्तर खतराको निशाना नजिक पुगेको छ । भारतीय मौसम विभागले गंगा नदीमा पानीको स्तरले चाँडै नै खतराको निशाना पार गर्ने जनाएको छ ।

उत्तराखण्डमा आगामी पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । विपद व्यवस्थापनका लागि प्रशासनले पूर्व तयारी गरिसकेको जनाएको छ भने उद्दार दललाई सतर्क अवस्थामा राखेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : १३ बजे

विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत

दोहा – कतारमा जारी फिफा बिश्वकपबाट बाहिरिएपछि ब्राजिलका चर्चित फुटबल

पर्याप्त सुत्नु स्वास्थ्यलाई फाइदा

काठमाडौं – यदि तपाईं ५० वर्ष भन्दा माथि उमेरको हुनुहुन्छ

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु 

दोहा – कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी

आज विश्वकपका दुई खेल : पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्यान्ड भिड्दै

काठमाडौं- आज विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन्। कतारमा

कपडा पसलमा आगलागी

धनुषा – जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब