लगातारको वर्षाले भारतका विभिन्न राज्य प्रभावित, बाढीमा परी कयौँ बेपत्ता « Khabarhub

लगातारको वर्षाले भारतका विभिन्न राज्य प्रभावित, बाढीमा परी कयौँ बेपत्ता


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ढिला गरी सक्रिय भएको मनसुनका कारण भारतका विभिन्न राज्यको जनजिवन प्रभावित भएको छ । पछिल्लो केही दिनयता देखि लगातार रुपमा भइरहेको वर्षाका कारण अरुणाञ्चल प्रदेशमा बाढी आउँदा कयौँ मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै महाराष्ट्रको रत्नगिरी तिवरेको बाँध गत हप्ता भत्कदा २० जनाभन्दा बढीको मृत्यु भएको छ ।

यसका साथै केही मानिस बेपत्ता भएको पनि बताइएको छ । पछिल्लो आठ दिनदेखि उक्त क्षेत्रमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

उता उत्तराखण्डमा गंगा नदीको जलस्तर खतराको निशाना नजिक पुगेको छ । भारतीय मौसम विभागले गंगा नदीमा पानीको स्तरले चाँडै नै खतराको निशाना पार गर्ने जनाएको छ ।

उत्तराखण्डमा आगामी पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । विपद व्यवस्थापनका लागि प्रशासनले पूर्व तयारी गरिसकेको जनाएको छ भने उद्दार दललाई सतर्क अवस्थामा राखेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : १३ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट