राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानु पर्छ– उपप्रधानमन्त्री « Khabarhub

राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानु पर्छ– उपप्रधानमन्त्री


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने बताए ।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मुलुकको स्वाभियानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहोर्‍याए ।

उपप्रधानमन्त्री पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अतिधेरै रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गरे ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

उनले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारुलगायतका समूदायको पुर्या‍एको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई समेत सुझाव दिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : १७ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय