श्रीमानबाट टाँढा हुन यी महिलाले यस्तो हर्कद गरिन्, वास्तविकता खुल्दा प्रहरी नै चकित « Khabarhub

श्रीमानबाट टाँढा हुन यी महिलाले यस्तो हर्कद गरिन्, वास्तविकता खुल्दा प्रहरी नै चकित


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- धनाढ्य घरकी भारतीय एक महिलाले आफ्ना श्रीमानबाट छुटकारा पाउनको सबैलाई चकित पार्ने काण्ड घटाएकी छन् । उनले यस्तो काण्ड गरिन् कि वास्तविकता खुल्दा अनुसन्धान गरिरहेका प्रहरी नै दंग परे । भारतीय मिडिया आज तकको समाचारअनुसार राजधानी दिल्लीकी यी महिलाले आफ्नै आत्महत्याको झुटो कहानी रचेकी थिइन्, जसको खुलासा गत मंगलबार भएको थियो ।

यी महिलाले उत्तर प्रदेशको गाजियाबादस्थित हिडन ब्यारेज नजिकै लगेर आफ्नो कार राखिन्, कारमा सुसाइड नोट राखेर फरार भइन् । पछि उनी बैंगलोरमा भेटिइन् । आत्महत्याको झुटो कहानी रच्ने कोमल तालान नामकी यी महिलाले गाजियाबादको नहरको पुलमा आफ्नो गाडी राखिन् । त्यसपछि उनले नहरमा हाम्फालेर आत्महत्या गरेको खबर फैलियो । ३ दिनदेखि गोताखोरले नहरमा लाश खोजिरहेका थिए तर लाश भेटिएको थिएन ।

कोमलले कारमा सुसाइट नोट पनि छाडेकी थिइन् जसमा उनले आफूले आत्महत्या गर्न लागेको लेखेकी थिइन् । कोमलले यो सब गर्नुको पछाडि उनी श्रीमानदेखि हैरान भएको पाइएको छ । उनले आत्महत्याको झुटो कहानी रचेर श्रीमानलाई कानूनी रुपमा फसाउँन चाहेकी थिइन् । शनिबार बिहान ११ बजे पुलिसले पुलबाट बेवारिसे अवस्थामा स्कार्पियो कार बरामद गरेको थियो ।

स्कार्पियोमा सुसाइड नोट थियो, जसमा कोमल तालानको नाम उल्लेख थियो । उनका पिता अनिल तालान भारतीय किसान युनियनका केन्द्रीय सचिव हुन् । उनीहरुको परिवार ग्रेटर नोएडामा बस्छन् । अनिल तालानले पनि छोरीलाई परिवारमा तनाव दिइएको आरोप लगाएका थिए । तर, कोमल भागेर बैंगलोर पुगेको अवस्थामा भेटिएपछि उनलाई दिल्ली ल्याएर कारवाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ५२ बजे

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा