श्रीमानबाट टाँढा हुन यी महिलाले यस्तो हर्कद गरिन्, वास्तविकता खुल्दा प्रहरी नै चकित « Khabarhub

श्रीमानबाट टाँढा हुन यी महिलाले यस्तो हर्कद गरिन्, वास्तविकता खुल्दा प्रहरी नै चकित


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- धनाढ्य घरकी भारतीय एक महिलाले आफ्ना श्रीमानबाट छुटकारा पाउनको सबैलाई चकित पार्ने काण्ड घटाएकी छन् । उनले यस्तो काण्ड गरिन् कि वास्तविकता खुल्दा अनुसन्धान गरिरहेका प्रहरी नै दंग परे । भारतीय मिडिया आज तकको समाचारअनुसार राजधानी दिल्लीकी यी महिलाले आफ्नै आत्महत्याको झुटो कहानी रचेकी थिइन्, जसको खुलासा गत मंगलबार भएको थियो ।

यी महिलाले उत्तर प्रदेशको गाजियाबादस्थित हिडन ब्यारेज नजिकै लगेर आफ्नो कार राखिन्, कारमा सुसाइड नोट राखेर फरार भइन् । पछि उनी बैंगलोरमा भेटिइन् । आत्महत्याको झुटो कहानी रच्ने कोमल तालान नामकी यी महिलाले गाजियाबादको नहरको पुलमा आफ्नो गाडी राखिन् । त्यसपछि उनले नहरमा हाम्फालेर आत्महत्या गरेको खबर फैलियो । ३ दिनदेखि गोताखोरले नहरमा लाश खोजिरहेका थिए तर लाश भेटिएको थिएन ।

कोमलले कारमा सुसाइट नोट पनि छाडेकी थिइन् जसमा उनले आफूले आत्महत्या गर्न लागेको लेखेकी थिइन् । कोमलले यो सब गर्नुको पछाडि उनी श्रीमानदेखि हैरान भएको पाइएको छ । उनले आत्महत्याको झुटो कहानी रचेर श्रीमानलाई कानूनी रुपमा फसाउँन चाहेकी थिइन् । शनिबार बिहान ११ बजे पुलिसले पुलबाट बेवारिसे अवस्थामा स्कार्पियो कार बरामद गरेको थियो ।

स्कार्पियोमा सुसाइड नोट थियो, जसमा कोमल तालानको नाम उल्लेख थियो । उनका पिता अनिल तालान भारतीय किसान युनियनका केन्द्रीय सचिव हुन् । उनीहरुको परिवार ग्रेटर नोएडामा बस्छन् । अनिल तालानले पनि छोरीलाई परिवारमा तनाव दिइएको आरोप लगाएका थिए । तर, कोमल भागेर बैंगलोर पुगेको अवस्थामा भेटिएपछि उनलाई दिल्ली ल्याएर कारवाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ५२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी