कांग्रेस र राजपाको अवरोध पछि संसद बैठक स्थगित, अर्को बैठक असार ३० गते बस्ने « Khabarhub

कांग्रेस र राजपाको अवरोध पछि संसद बैठक स्थगित, अर्को बैठक असार ३० गते बस्ने


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधका कारण बुधबारको बैठक पनि स्थगित भएको छ ।

मंगलबार पनि कांग्रेस र राजपाको अवरोधका कारण संसद बैठक अवरुद्ध भएको थियो । बुधबार संसद बैठक असार ३० गते (सोमबार)सम्मका लागि स्थगित भएको छ ।

सभामुख कृष्णबहादुर महराले बुधबारको प्रतिनिसभा बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेस र राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले विपक्षी दलका सांसदलाई पटक पटक बस्न आग्रह गर्दै भने, ‘माननिय सदस्य ज्यूहरु बस्नुभयो भने म नयाँ कुरा सुनाउँछु… हिजोको भन्दा नयाँ कुरा सुनाउँछु…।’

विपक्षी दलले विरोध जारी राखेपछि सभामुख महराले विरोधकै बीच प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३ औं संशोधन विधेयक २०७६ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त जानकारी पढेर सुनाउन अनुमति दिए ।

सभामुख महराले बैठक प्रारम्भ गरेपछि विपक्षी दलका सांसदहरु रोस्टम घेराउन गर्न पुगे । कांग्रेस र राजपाका सांसदले रोस्टम अगाडि नाराबाजी गरिरहँदा प्रतिनिधिसभा सचिव योगीले भने राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाए ।

योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाएपछि सभामुख महराले प्रतिनिधिसभाको अर्को बैठक असार ३० गते (सोमबार) दिउँसो १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित भएको जानकारी दिए ।

कांग्रेस र राजपाले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेललगायतको मृत्यु प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित मंगलबारको बैठक अवरुद्ध गरेका थिए ।

बुधबार पनि संसदीय छानबिन समिति गठनको माग राख्दै दुई विपक्षी दलले संसद बैठक अवरुद्ध पारेका हुन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ०५ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ