कांग्रेस र राजपाको अवरोध पछि संसद बैठक स्थगित, अर्को बैठक असार ३० गते बस्ने « Khabarhub

कांग्रेस र राजपाको अवरोध पछि संसद बैठक स्थगित, अर्को बैठक असार ३० गते बस्ने


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधका कारण बुधबारको बैठक पनि स्थगित भएको छ ।

मंगलबार पनि कांग्रेस र राजपाको अवरोधका कारण संसद बैठक अवरुद्ध भएको थियो । बुधबार संसद बैठक असार ३० गते (सोमबार)सम्मका लागि स्थगित भएको छ ।

सभामुख कृष्णबहादुर महराले बुधबारको प्रतिनिसभा बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेस र राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले विपक्षी दलका सांसदलाई पटक पटक बस्न आग्रह गर्दै भने, ‘माननिय सदस्य ज्यूहरु बस्नुभयो भने म नयाँ कुरा सुनाउँछु… हिजोको भन्दा नयाँ कुरा सुनाउँछु…।’

विपक्षी दलले विरोध जारी राखेपछि सभामुख महराले विरोधकै बीच प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३ औं संशोधन विधेयक २०७६ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त जानकारी पढेर सुनाउन अनुमति दिए ।

सभामुख महराले बैठक प्रारम्भ गरेपछि विपक्षी दलका सांसदहरु रोस्टम घेराउन गर्न पुगे । कांग्रेस र राजपाका सांसदले रोस्टम अगाडि नाराबाजी गरिरहँदा प्रतिनिधिसभा सचिव योगीले भने राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाए ।

योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाएपछि सभामुख महराले प्रतिनिधिसभाको अर्को बैठक असार ३० गते (सोमबार) दिउँसो १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित भएको जानकारी दिए ।

कांग्रेस र राजपाले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेललगायतको मृत्यु प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित मंगलबारको बैठक अवरुद्ध गरेका थिए ।

बुधबार पनि संसदीय छानबिन समिति गठनको माग राख्दै दुई विपक्षी दलले संसद बैठक अवरुद्ध पारेका हुन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ०५ बजे

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको