को हुन् भोजपुरमा मारिने सञ्जीव र नीरकुमार ? « Khabarhub

को हुन् भोजपुरमा मारिने सञ्जीव र नीरकुमार ?


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधवार विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज नीरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

को हुन् मारिएका सञ्जीव र नीरकुमार ?

मारिने मध्येका एक सञ्जीव नेपाल प्रहरीका ‘घुमुवा’ थिए भने नीरकुमार विप्लव माओवादीका ओखलढुंगा इन्चार्ज थिए ।

खोटाङ स्थायी घर भएका सञ्जीवको दरबन्दी इलाका प्रहरी कार्यालय लेटाङ, मोरङमा छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको केही अगाडि जिल्ला प्रहरी कार्यालय भोजपुरमा सरुवा भएका सञ्जीव सबैका प्रिय पात्र थिए । उनी भोजपुर सरुवा भएयता ३ जना प्रहरी प्रमुख ९डिएसपी० परिवर्तन भइसकेका छन् । तर, सबै डिएसपी उनको कामप्रति खुसी हुन्थे ।

केही वर्ष अगाडि विवाह गरेका सञ्जीवकी एक छोरी पनि छन् । गत वैशाखसम्म उनकी श्रीमती पनि भोजपुरमै बस्थिन् । तर, छोरीको पढाइका लागि भन्दै उनले श्रीमतीलाई धरान पठाएका थिए ।

उनले संघीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सुदन किराँतीको सुरक्षागार्डको रुपमा समेत काम गरेका थिए ।

को हुन् नीरकुमार ?

विप्लव समूहको ओलढुङ्गा इञ्चार्ज रहेका नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । ‘पार्टी’ले ओलढुंगा इञ्चार्जको जिम्मेवारी तोकेपनि उनी बढीजसो भोजपुर आउजाउ गरिरहन्थे ।

गते जेठ ७ गते भोजपुरकै टेम्केमैयुङ्ग गाउँपालिका–२ मा प्रहरीसँगको ‘मुठभेड’मा तीर्थराज घिमिरे मारिएपछि भने नीरकुमार ‘भूमिगत’ भएका थिए ।

१० वर्षे सशस्त्र द्वन्द्वका बेला नीरकुमार माओवादीको भाइस कमान्डर थिए । शान्तिप्रकृयामा आएर एकीकृत नेकपा माओवादी बनेपछि उनी किराँत राज्य समिति सदस्य बनेका थिए ।

एमाओवादीबाट वैद्यसमूह अलगिएपछि उनी त्यसतर्फ लागेका थिए । वैद्यबाट विप्लवहरु अलगिदा उनले विप्लवलाई साथ दिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ४५ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का