को हुन् भोजपुरमा मारिने सञ्जीव र नीरकुमार ? « Khabarhub

को हुन् भोजपुरमा मारिने सञ्जीव र नीरकुमार ?


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधवार विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज नीरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

को हुन् मारिएका सञ्जीव र नीरकुमार ?

मारिने मध्येका एक सञ्जीव नेपाल प्रहरीका ‘घुमुवा’ थिए भने नीरकुमार विप्लव माओवादीका ओखलढुंगा इन्चार्ज थिए ।

खोटाङ स्थायी घर भएका सञ्जीवको दरबन्दी इलाका प्रहरी कार्यालय लेटाङ, मोरङमा छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको केही अगाडि जिल्ला प्रहरी कार्यालय भोजपुरमा सरुवा भएका सञ्जीव सबैका प्रिय पात्र थिए । उनी भोजपुर सरुवा भएयता ३ जना प्रहरी प्रमुख ९डिएसपी० परिवर्तन भइसकेका छन् । तर, सबै डिएसपी उनको कामप्रति खुसी हुन्थे ।

केही वर्ष अगाडि विवाह गरेका सञ्जीवकी एक छोरी पनि छन् । गत वैशाखसम्म उनकी श्रीमती पनि भोजपुरमै बस्थिन् । तर, छोरीको पढाइका लागि भन्दै उनले श्रीमतीलाई धरान पठाएका थिए ।

उनले संघीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सुदन किराँतीको सुरक्षागार्डको रुपमा समेत काम गरेका थिए ।

को हुन् नीरकुमार ?

विप्लव समूहको ओलढुङ्गा इञ्चार्ज रहेका नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । ‘पार्टी’ले ओलढुंगा इञ्चार्जको जिम्मेवारी तोकेपनि उनी बढीजसो भोजपुर आउजाउ गरिरहन्थे ।

गते जेठ ७ गते भोजपुरकै टेम्केमैयुङ्ग गाउँपालिका–२ मा प्रहरीसँगको ‘मुठभेड’मा तीर्थराज घिमिरे मारिएपछि भने नीरकुमार ‘भूमिगत’ भएका थिए ।

१० वर्षे सशस्त्र द्वन्द्वका बेला नीरकुमार माओवादीको भाइस कमान्डर थिए । शान्तिप्रकृयामा आएर एकीकृत नेकपा माओवादी बनेपछि उनी किराँत राज्य समिति सदस्य बनेका थिए ।

एमाओवादीबाट वैद्यसमूह अलगिएपछि उनी त्यसतर्फ लागेका थिए । वैद्यबाट विप्लवहरु अलगिदा उनले विप्लवलाई साथ दिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ४५ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने