उपाधि विजेता राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै « Khabarhub

उपाधि विजेता राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ ।

मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङ्कङलाई छ विकेटले हराउँदै उपाधि हासिल गरेको थियो । यस प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात पारेको थियो ।

यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङ्कङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जीतसँगै नेपाल यु–१९ एशिया कपमा समेत प्रवेश गरेको छ ।

श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ५० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले