हिलोमाथिको रातो कार्पेटमा प्रधानमन्त्री, भट्टराईले लेखेः देश बन्ने अपेक्षा गर्न सकिन्न « Khabarhub

हिलोमाथिको रातो कार्पेटमा प्रधानमन्त्री, भट्टराईले लेखेः देश बन्ने अपेक्षा गर्न सकिन्न


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक उत्सवको उद्घाटन कार्यक्रममा जानेक्रममा हिलोमाथि बिछ्याइएको रातो कार्पेटमा हिँडेपछि त्यसको सर्वत्र आलोचना भएको छ ।

बुधबार त्रिविले आफ्नो ६० औँ वार्षिक उत्सव एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीका साथै सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको उपस्थिति थियो ।

वार्षिक उत्सवकै अवसरमा नवनिर्मित उपकुलपति कार्यालयको भवन र भवन परिसर नजिकै निर्माण गरिएको मन्दिर उद्घाटन गर्ने कार्यक्रम पनि थियो ।

अहिले यो दृष्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ । यसका साथै उक्त तस्वीर प्रति मानिसहरुले आलोचना पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली हिलोमाथि बिछ्याइएको रातो कार्पेटमा हिँडेपछि समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चर्को आलोचना गरेका छन् । उनले ट्वीट गर्दै देशको प्रमुख ज्ञान उत्पादन केन्द्र त्रिविको यस्तो हविगत छोप्न रातो कार्पेट बिछ्याउने प्राज्ञहरु र धकै नमानी हिँड्ने प्रधानमन्त्रीबाट देश बन्ने अपेक्षा गर्न नसकिने बताएका छन् ।

भट्टराईले मन्दिर बनाउने पैसाले हिलाम्य बाटो पिच गर्न सकिन्थ्यो भन्दै उल्टो बुद्धि हुनेले कसरी पढाउँलान् भनि प्रश्न गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘देशको प्रमुख ज्ञान उत्पादन केन्द्र त्रिवि को यस्तो हविगत छोप्न रातो कार्पेट विछ्याउने प्राज्ञहरू, त्यसमाथि धकै नमानी हिंड्ने प्रधानमन्त्री भए पछि देश कसरी उँभो लाग्ला ? विश्वविद्यालय भित्र मन्दिर बनाउने पैसाले यो हिलाम्मे बाटो पिच गर्न सकिन्नथ्यो? यस्तो उल्टो बुद्धि हुनेले के पढाउलान् ?’

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : १३ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख