विपक्षी सांसदहरुको नाराबाजीबीच ४ विधेयक पारित | Khabarhub Khabarhub

विपक्षी सांसदहरुको नाराबाजीबीच ४ विधेयक पारित


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी राजपा का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पारित भएको छ ।

अपराह्न १ बजेका लागि बोलाइएको सभाको बैठक डेढ घण्टापछि मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटक पटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरु भएको थियो ।

विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्ने नारा लगाएका थिए। सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ ।

विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत ९तेइसौँ संशोधन० विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको जानकारी सचिव गोपालनाथ योगीले दिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ३० गते अपराह्न १ बजे बस्ने छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : २६ बजे

जेनजी आन्दोलन छानबिन टोलीलाई हप्काउँदै एमाले नेता रावलले भने : राज्यकोषको दुरुपयोग गर्ने अपराधी

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्रसिंह

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले

जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति