गगन थापाको प्रश्न–संसद सभामुखले चलाएको छ कि सरकारले ? « Khabarhub

गगन थापाको प्रश्न–संसद सभामुखले चलाएको छ कि सरकारले ?


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सीमित हुँदै गएको आरोप लगाएका छन्  ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसदभवन मा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सरकारको छायाँको रुपमा संसद सीमित भएको र सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी सांसद थापाको थियो ।

उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए ।

“एकपटक फेरि नेपालको संसद नेपालको सरकारको छायाँको रुपमा सीमिति रहेको छ’ उनले भने,‘सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन । संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ । यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।’

उनले जब सम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा प्रतिपक्षीको सहयोग नहुने र यसको सामना गर्न सभामुख तयार रहनुपर्ने बताए ।

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि ‘व्याक’ भएको दाबी सांसद थापाको थियो ।

“संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरले हामी तयार छैनौ भन्नुभयो । कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो’ थापाले भने,‘ कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौ भन्दा कुरा समेत पनि राख्न नदिने । किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाही आदेश पालना गरे जस्तो भयो ।’

हिजोको बैठकमा मन्त्रीले ‘म संसदीय समितिको सामना गर्न तयार छु ’ भनेको र सभामुखले म पोजेटिभ छु । बनाछु ।’ भनेपनि
आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार भएको आरोप सांसद थापाको थियो ।

‘आफै पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाईरहेको छ ?” थापाले प्रश्न गरे ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ५८ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ