ट्रम्प प्रशासनलाई कमजोर र असक्षम भनी टिप्पणी गर्ने बेलायती राजदूतले दिए राजीनामा | Khabarhub Khabarhub

ट्रम्प प्रशासनलाई कमजोर र असक्षम भनी टिप्पणी गर्ने बेलायती राजदूतले दिए राजीनामा


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- ट्रम्प प्रशासनबारे विवदास्पद टिप्पणी सार्वजनिक भएपछि आलोचित बनेका अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले राजीनामा दिएका छन् ।

बेलायतको विदेश मन्त्रालयले डारकले राजीनामा दिएको पुष्टि गरेको हो । यसअघि उनले पठाएका गोप्य इमेलमा ट्रम्प प्रशासन कमजोर र असक्षम रहेको टिप्पणी खुलासा भएको थियो । इमेलमा उनले ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस विभाजित रहेको टिप्पणी समेत गरेका थिए ।

मेल अन सण्डे नामक बेलायती अखबारले सार्वजनिक गरेको उक्त इमेलमा राजदूत डारकले ट्रम्प प्रशासन सामान्य, सुरक्षित र सक्षम भइहाल्ने सम्भावना नरहेकोसमेत टिप्पणी गरेको उल्लेख थियो । त्यस्तै, इमेलमा उनले ट्रम्प आत्मकेन्द्रीत रहेको समेत उल्लेख गरेका थिए ।

डारकको टिप्पणीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै राजदूत डारकसँग आफूहरूले व्यवहार नगर्ने बताएका थिए । ट्रम्पले डारकको टिप्पणीलाई लिएर बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ०१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास