जीतका लागि भारतीय ब्याट्सम्यानलाई उत्कृष्ट साझेदारीको आवश्यकता « Khabarhub

जीतका लागि भारतीय ब्याट्सम्यानलाई उत्कृष्ट साझेदारीको आवश्यकता


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्यान्डले दिएको २४० रनको विजयी लक्ष्य पछ्याइरहेको भारतले कमजोर शुरुवात गरेको छ ।

ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा यो समाचार तयार गर्दासम्म भारतले ३३ ओभर खेल्दा ६ विकेट गुमाएर १०६ रन बनाएको छ ।
सेफिाइनल खेलमा तुलनात्मक रुपमा सामान्य लक्ष्य पएको भारतको खेलमा अप्रत्यासित क्षय भएको छ । जसमा भारतले ओपनिङ ब्याट्समान द्वय केएल राहुल, रोहित शर्मा र विराट कोहलीलाई समान एक–एक रनमा गुमायो ।

शुरुवातमै ३ विकेट गुमाएको भारतका लागि रिसव पन्त्ले ब्याटिङ इनिङ्स समाल्ने प्रयास गरेपनि उनी ३२ रनमा आउट भएभने हार्दीक पाण्ड्या पनि लयमा फर्किरहँदा ३२ रनमै पभेलियन फर्किएका छन् । यसअघि दिनेश कार्तिक ६ रनमात्रै बनाएर आउट भएका थिए ।

ताजा अवस्थामा भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी १४ रन बनाएर खेलिरहेका छन् भने उनलाई ९ रन बनाएर रविन्द्र जडे्जाले साथ दिइरहेका छन् ।

अब भारतको जितका लागि यी दुई खेलाडीबीचको साझेदारी लम्बिनु पर्छ । त्यसो हुन नसकेमा यी दुई मध्ये एक जना खेलाडी अविजित रहँदै उत्कृष्ट ब्याटिङ गर्दै टिमको जितका लागि शतकिय इनिङ्स खेल्नु पर्छ । यद्यपी न्यूजिल्यान्ड भारतमाथि हावी भइसकेको छ । भारतविरुद्ध माट्टी हेनरीले ३ विकेट लिँदा मिचेल स्यान्टनरले २ विकेट र ट्रेन्ट बोल्टले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : १८ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी