अमेरिका भ्रमणका क्रममा खर्च जोगाउन पाकिस्तानी प्रधानमन्त्री राजदूतको आवासमा बस्ने « Khabarhub

अमेरिका भ्रमणका क्रममा खर्च जोगाउन पाकिस्तानी प्रधानमन्त्री राजदूतको आवासमा बस्ने


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अमेरिका भ्रमण जाँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आलिशान होटलमा नभई आफ्नै राजदूतको कोठामा बास बस्ने भएका छन् ।

सरकारी खर्च जोगाउनका लागि प्रधानमन्त्री खानले यस्तो निर्णय गरेका हुन् । उनी आलिशान होटलमा नभई अमेरिकाको राजधानी वाशिंटन डीसीस्थित प्रमुख कूटनीतिक क्षेत्रमा रहेको पाकिस्तानी राजदूत असद मजिदको आवासमा बास बस्नेछन् ।

प्रधानमन्त्री खान आगामी जुलाई २१ बाट तीन दिनका लागि अमेरिका भ्रमणमा निस्कदै छन् । कुनै पनि मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले अमेरिका भ्रमण गर्दा त्यहाँको गुप्तचर निकायले उनीहरुको सुरक्षाको प्रबन्ध गर्ने व्यवस्था छ ।

विदेशी पाहुनाको भ्रमणले राजधानीमा बसोबास गर्ने आम जनताको दैनिकीमा प्रभाव नपरोस् भन्नाका लागि गुप्तचर निकायले विशेष प्रबन्ध गर्ने गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको पछिल्लो निर्णयबाट अमेरिकी गुप्तचर निकाय भने असन्तुष्ट रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : ०५ बजे

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ