एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्कीलाई नुवाकोट लगियो | Khabarhub Khabarhub

एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्कीलाई नुवाकोट लगियो


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई बुधबार नुवाकोट ल्याइएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि नुवाकोट ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

उनका अनुसार गत फागुन १० गते राति विदुर नपा–२ स्थित एनसेल टावरमा भएको आगजनीमा विप्लव समूहका तर्फबाट कार्कीको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।

गत चैत १ गते ललितपुरबाट पक्राउ परेका कार्कीलाई विप्लव समूहको नामबाट विभिन्न जिल्लाहरुमा भएको आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा अदालतमा उपस्थित गराउने क्रममा नुवाकोट प्रहरीले मङ्गलबार बिहान नुवाकोट ल्याएको हो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : २८ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना