एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्कीलाई नुवाकोट लगियो « Khabarhub

एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्कीलाई नुवाकोट लगियो


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई बुधबार नुवाकोट ल्याइएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि नुवाकोट ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

उनका अनुसार गत फागुन १० गते राति विदुर नपा–२ स्थित एनसेल टावरमा भएको आगजनीमा विप्लव समूहका तर्फबाट कार्कीको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।

गत चैत १ गते ललितपुरबाट पक्राउ परेका कार्कीलाई विप्लव समूहको नामबाट विभिन्न जिल्लाहरुमा भएको आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा अदालतमा उपस्थित गराउने क्रममा नुवाकोट प्रहरीले मङ्गलबार बिहान नुवाकोट ल्याएको हो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : २८ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका