भारत स्तब्ध ! यस्तो छ हार्नुको कारण | Khabarhub Khabarhub

भारत स्तब्ध ! यस्तो छ हार्नुको कारण


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटको ट्रफी दाबेदार टोलीका रुपमा हेरिएको भारत अन्ततः सेमिफाइनलबाट बाहिरियो । विराट कोहलीको कप्तानीमा पहिलो पटक विश्वकपमा उत्रिएको भारत लिग चरणमा बलियो देखिए पनि सेमिफाइनलमा न्यूजिल्याण्ड सँग स्तब्ध बन्यो ।

लिग चरणमा इंग्ल्याण्डसँग पराजित भएको भारत सेमिफाइनलमा भने तुलनात्मक रुपमा कमजोर आँकेको न्यूजिल्याण्डसँग पराजित भएको हो । लिग चरणको खेलमा हार व्यहोर्दा त्यसको दोष पूर्व कप्तान महेन्द्र सिंह ध्वनीमाथि थोपारिएको थियो । उक्त खेलमा भारत पराजित हुँदा पाकिस्तानलाई लिग चरणबाट आउट गराउन भारतले यस्तो प्रपञ्च रचेको भन्ने सम्मका आरोप समेत भारतीय टोली माथि लागेको थियो ।

मंगलबार शुरु भएको खेल न्यूजिल्याण्ड ४६.१ ओभरमा खेलिरहँदा वर्षाका कारण प्रभावित भएको थियो । जुन खेल बुधबार ४६.२ ओभरबाट म्यान्चेष्टरस्थित ओल्र्ड ट्राफोर्ड क्रिकेट मैदानमा शुरु भएको थियो । विश्वकपको पहिलो सेमिफाइनलमा पराजित हुनुमा भारतका लागि के वर्षा बाधक बनेकै हो ? कि एकाएक लयमा रहेको भारतीय टोलीको लय खस्किएको हो ? यसका पछाडि धेरै कारण भए पनि प्रमुख कारण भने अग्रपंक्तिका ब्याट्सम्यान टिक्न नसक्नु र फिनिसिङ राम्रो नहुनु नै हो । मध्यक्रमका ब्याट्सम्यानले केही आशालाग्दो प्रदर्शन देखाए पनि न्यूजिल्याण्डका बलर सामु भारत निरिह बन्यो ।

खेलमा न्यूजिल्यान्डले भारतलाई २सय४० रनको विजयी लक्ष्य दिएको थियो । यो चुनौती भारतले सहजै पुरा गर्ने कतिपयको अनुमान थियो । तर, भारतको व्याटिङ सोचेभन्दा ठिक विपरित भइदियो । जसको फलस्वरुप भारत न्यूजिल्यान्डसँग पराजित हुँदै विश्वकबाट घर फर्किएको छ ।

भारत पराजित भएपछि विभिन्न किसिमका टिका टिप्प्णी शुरु भएका छन् । भारत पराजित हुनुमा पहिलो कारणका रुपमा अग्रपंक्तिले रन जोड्न नसक्दै मैदानबाट बाहिरिनुलाई हेरिएको छ भने मध्यक्रमले जस्तो प्रदर्शन गर्नु पर्ने थियो त्यो नहुँदा पनि हार व्यहोर्नु परेको क्रिकेट विश्लेषकहरु बताउँछन् ।

जसमा भारतले शुरुमै लगातार तीन विकेट गुमायो । ओपनर केएल राहुल र रोहित शर्मासहित तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेको कप्तान विराट कोहली पनि एक रन मात्रै बनाएर आउट भएपछि भारतीय टोली दबाबमा आएको थियो ।

जारी विश्वकपका लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न किर्तिमान बनाएका रोहित एक रनमा आउट हुनु नै भारतका लागि दुर्भाग्य बन्यो । त्यस्तै, तेस्रो विकेटका रुपमा कोहलीलाई गुमाउनु भारतका लागि अर्को संकट भयो ।

भारतले शुरुवाती विकेट गुमाइसकेपछि मध्यक्रबाट ठूलो अपेक्षा गरेको थियो । त्यसमा रिसव पन्त र हार्दिक पाण्ड्याले केही रन जुटाए पनि उनीहरु टिमका लागि सय रन पुरा नहुँदै समान ३२ रनमा आउट भएपछि भारत पुनः दबाबमा आएको देखियो ।

त्यो दबाबलाई पूर्वकप्तान धोनी र रविन्द्र जडेजाको उत्कृष्ट साझेदारीले केही राहत दिलायो । उनीहरुको साझेदारी शतकभन्दा बढी भइसकेपछि विश्वकपका कमेन्टेटरले भारत जित नजिक पुगेको आकलन गरेका थिए । तर न्यूजिल्याण्डका बलरले आफ्नो लय समात्दा भारतका व्याट्समान जडेजा ७७ रनमा आउट हुन पुगे । जुन खेलको टर्निङ पोइन्ट बन्यो ।

भारत जित्ने लगभग पक्का भइसकेको थियो । तर, ७७ रन बनाएर खेलिरहेका जडेजालाई ४७.५ ओभरमा न्यूजिल्यान्डका बलर ट्रेन्ट बोल्टेले कप्तान विलियमसनको हातबाट क्याच गराउँदै पभेलियन फर्काएपछि भारतको ब्याटिङ थप संकटमा परेको थियो । त्यसपछि पनि भारतका पूर्व कप्तान क्रिजमा रहँदा भारतले लक्ष्य पूरा गर्ने अनुमान आम क्रिकेट प्रसंसकले लगाएका थिए । तर, ४८.३ ओभरमा ५० रनमा खेलिरहेका धोनीलाई न्यूजिल्यान्डका मार्टिन गप्टीलले रन आउट गरेपछि खेलले अर्कै मोड लिएको थियो ।

धोनी आउट भइसकेपछि भारतलाई जितका लागि ९ बलमा २४ रन आवश्यक थियो । तर, ४८.६ ओभरमा भारतका भुवनेश्वर कुमार आउट भए भने अन्तिम ओभरमा ६ बलमा २३ रन आवश्यक हुँदा भारतले ९ विकेट गुमाइसकेको थियो भने अन्तिम ओभरको तेस्रो बलमा युज्भेन्द्र चहाल आउट भएपछि भारतको यो विश्वकपको यात्रामा पूर्णविराम लागेको हो ।

खेलपछि भारतीय टोलीका कप्तानले हार स्वीकार्न गाह्रो भएपनि न्यूजिल्यान्डको प्रसंशा गरे । उनले न्यूजिल्यान्डका बलरले उत्कृष्ट खेलेको बताउँदै आफ्नो ब्याटिङ चल्न नसकेको स्वीकारे । भारतको पराजयसँगै मैदानमा भारतीय खेलाडी, प्रशंसकसम्म भावुक बनेका थिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ०८ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना