ट्रम्पले दिए मोदीलाई यस्तो चेतावनी | Khabarhub Khabarhub

ट्रम्पले दिए मोदीलाई यस्तो चेतावनी


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिलाई लिएर चेतावनी दिएका छन् । उनले ट्वीट गर्दै अमेरिकी उत्पादनमा भारतको तर्फबाट लगाइने भारी कर अब स्वीकार्य नहुने जनाएका छन् ।

उनले आगामी दिनमा भारतविरुद्ध कुनै कदम चाल्न सक्ने ट्वीटद्वारा संकेत गरेका छन् । ट्रम्पको ट्वीटमा भनिएको छ,‘‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाइरहेको छ । अब यो स्वीकार्य छैन ।’’

गएको जुन महिनाको शुरुमा जी २०को बैठकको ठीक अगाडि अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै भारतले २८ वटा अमेरिकी उत्पादनमाथि लगाएको कर फिर्ता लिनुपर्ने जनाएका थिए ।

यसबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच जापानको ओशाकामा भएको जी २० बैठकमा पनि कुराकानी भएको जनाइएको छ । तर, समस्या समाधान भएको छैन । यही बेलामा ट्रम्पले ट्वीट आएको हो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : ४० बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु