ट्रम्पले दिए मोदीलाई यस्तो चेतावनी « Khabarhub

ट्रम्पले दिए मोदीलाई यस्तो चेतावनी


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिलाई लिएर चेतावनी दिएका छन् । उनले ट्वीट गर्दै अमेरिकी उत्पादनमा भारतको तर्फबाट लगाइने भारी कर अब स्वीकार्य नहुने जनाएका छन् ।

उनले आगामी दिनमा भारतविरुद्ध कुनै कदम चाल्न सक्ने ट्वीटद्वारा संकेत गरेका छन् । ट्रम्पको ट्वीटमा भनिएको छ,‘‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाइरहेको छ । अब यो स्वीकार्य छैन ।’’

गएको जुन महिनाको शुरुमा जी २०को बैठकको ठीक अगाडि अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै भारतले २८ वटा अमेरिकी उत्पादनमाथि लगाएको कर फिर्ता लिनुपर्ने जनाएका थिए ।

यसबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच जापानको ओशाकामा भएको जी २० बैठकमा पनि कुराकानी भएको जनाइएको छ । तर, समस्या समाधान भएको छैन । यही बेलामा ट्रम्पले ट्वीट आएको हो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : ४० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि