इंग्लिस प्रिमियर लिगमा लिभरपुलको गज्जबको सुरुवात, नर्विच ४-१ ले पराजित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको गज्जबको सुरुवात, नर्विच ४-१ ले पराजित


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविकको उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा गज्जब सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नवप्रवेशी क्लब नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले उपाधि यात्रामा अघि बढेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा नवप्रवेशी क्लबले एक गोल फर्काएको थियो ।

नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत पोस्टको दिशा दिएका थिए । डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितीमा पुर्‍याएका थिए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए ।

६४ औ मिनेटमा पाहुना टिमका लागि टिमु पुक्कीले गोल गर्दै हार अन्तरलाई घटाउने काम गरे ।

जितसंग प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक बटुल्यो । यसै सिजन प्रिमियर लिगका बढुवा भएको नर्विच पहिलो खेलमा अंक जोड्न असफल रह्यो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २२ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले