इंग्लिस प्रिमियर लिगमा लिभरपुलको गज्जबको सुरुवात, नर्विच ४-१ ले पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको गज्जबको सुरुवात, नर्विच ४-१ ले पराजित


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविकको उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा गज्जब सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नवप्रवेशी क्लब नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले उपाधि यात्रामा अघि बढेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा नवप्रवेशी क्लबले एक गोल फर्काएको थियो ।

नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत पोस्टको दिशा दिएका थिए । डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितीमा पुर्‍याएका थिए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए ।

६४ औ मिनेटमा पाहुना टिमका लागि टिमु पुक्कीले गोल गर्दै हार अन्तरलाई घटाउने काम गरे ।

जितसंग प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक बटुल्यो । यसै सिजन प्रिमियर लिगका बढुवा भएको नर्विच पहिलो खेलमा अंक जोड्न असफल रह्यो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २२ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका