रकेट परीक्षण गर्दा ५ वैज्ञानिकको मृत्यु « Khabarhub

रकेट परीक्षण गर्दा ५ वैज्ञानिकको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को–रुसको न्योनोस्का क्षेत्रमा रकेट परीक्षण गर्दा दुर्घटना भएको छ । परीक्षणका क्रममा भएको विष्फोटमा परी ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरु परमाणु वैज्ञानिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

परीक्षणका क्रममा न्योनोस्कादेखि ४७ किलोमिटरको दूरीमा रहेको सेभेरोन्दिस्क शहरको रेडिएसनस्तर सामान्यभन्दा २० गुणा बढेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

मेडिकल टीमले केमिकल र न्यूक्लियर प्रोटेक्सन पोशाक लगाएर सबै घाइतेको उद्धार गरेका छन् । यो घटनापछि आम मानिसमा रेडिएसन फैसने आशंका गरिएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  १० : ४४ बजे

झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे हुँदै

झापा – झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको

प्रत्यक्षतर्फ १५७ क्षेत्रकाे मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा

धनुषा ४ मा रघुवीर महासेठको अग्रता, पछि परे यादव

काठमाडौँ – धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले

‘अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ’ 

बनियानी– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन

विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र

टङ्कीसिनवारी– विराटनगर महानगरपालिकाको तीन वडाका केही क्षेत्रलाई मात्र कृषि क्षेत्र