पुरुषले जन्माए बच्चा ! तपाईंलाई विश्वास लाग्छ ? « Khabarhub

पुरुषले जन्माए बच्चा ! तपाईंलाई विश्वास लाग्छ ?


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रकृतिको नियमअनुसार प्रजनन् क्षमता जुनसुकै प्राणीमा पोथीमा मात्रै हुन्छ । त्यस पनि मानव जातिको कुरा गर्ने हो भने महिलाले मात्रै बच्चा जन्माउन सक्छन् । तर सुन्दै अच्चम्म लाग्न सक्छ, अब भने पुरुषले पनि बच्चा जन्माउन सक्ने छन् ।

पत्याउनै नसकिने यो विषयलाई विज्ञानले सम्भव बनाएको हो । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् ।

अष्ट्रेलियामा यसरी २२ जना पुरुषले बच्चा जन्माएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ ।
यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग अन्नोन (थाहा नभएको) भनेर वर्गीकृत गरिएको थियो ।

लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् ।

विगतमा महिला भएपनि पुरुष लिंग भइसकेपछि फेरि बच्चा जन्माए भने त्यो साँच्चिकै पुरुष हुन नसक्ने उनीहरुको तर्क छ ।

तर मेलबर्न विश्वविद्यालयका एक प्रोफेसरले भने पुरुषत्वको धारणा हरेकका लागि बेग्लै अनुभूतिका रुपमा देखिन बताएका छन् ।
अमेरिकामा पनि यस्तै घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : १८ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले